Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दसंवादमा मुकुन्दप्रसाद उपाध्याय

शब्दसंवादमा मुकुन्दप्रसाद उपाध्याय

गत फागुन १७ गते मङ्गलबार ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको चौथो शृङ्खला सम्पन्न भयो । उक्त कार्यक्रममा आध्यात्मिक लेखक, प्रवाचक तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायले आध्यात्मिक प्रवचन गर्नुभयो । उहाँको प्रवचन मुख्य रूपमा भगवान्बाट लिइएका अवतारहरूका विषयमा रहेको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रमको सञ्चालन ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो । समारोहमा डा. मनीष पोखरेल, रीमा खनाल, सुमन खड्का, मच्छेश्वर सापकोटा, दिव्यमणि अधिकारी, हरिभक्त भोछिभोया, गीता मञ्जुश्री, ओतबहादुर खड्का, तुतुकाजी प्रणामी श्रेष्ठ, फणीन्द्रराज अधिकारी, दामोदर घिमिरे, शिवहरि के. सी., अम्बिका थापा, जगन्नाथ गिरी, प्रकाश थापा, उर्मिला गिरी, सिना ढकाल श्रेष्ठ, राधा घिमिरे, कृष्णमणि कुइँकेल, सुदर्शन आचार्य, माधवप्रसाद पराजुली, राजेन्द्र थापा, दीपक तिमल्सिना आदिलगायतको उपस्थिति थियो ।