Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesशब्दसंवादमा सोमकाजी शाक्य

शब्दसंवादमा सोमकाजी शाक्य

शब्दयात्रा प्रकाशनद्वारा पदमनाथ ढुङ्गानाको संयोजकत्वमा सञ्चालित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तेस्रो शृङ्खलामा गत मङ्गलबार कवि सोमकाजी शाक्यले आफ्नो जीवनयात्रा तथा विचारहरू प्रस्तुत गर्नुभयो ।
संस्थाका अध्यक्ष तथा ‘शब्दसंवाद’ कार्यक्रमका परिकल्पनाकार हरि मञ्जुश्रीले ‘शब्दसंवाद’ कार्यक्रमको महàवका बारेमा जानकारी गराउनुभएको उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा सुमन खड्का, शारदाप्रसाद शर्मा, तेजनाथ काफ्ले, डा. श्याम भट्टराई, डिल्लीराम निरौला, पुष्पदास स्याउला, उद्धवप्रसाद नेपाल, दामोदर घिमिरे, तीर्थराज अधिकारी, धनमाया खत्री, ओतबहादुर खड्का, सिद्धिबहादुर कर्माचार्य, बलराम अधिकारी, ओमकारमान बैदार, विनोद वैद्य आदिलगायतको उपस्थिति रहेको थियो ।