Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्राको टोली चन्द्ररथारोहणमा

शब्दयात्राको टोली चन्द्ररथारोहणमा

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ का आर्थिक व्यवस्थापक निर्मला श्रेष्ठकी माता धनकुमारी श्रेष्ठको चन्द्ररथारोहणको सुखद अवसरमा शब्दयात्रा प्रकाशनले उहाँको शताधिक सक्रिय जीवनका लागि शुभकामना अर्पण गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको नेतृत्वमा जग्गादाता कृष्णमणि कुइँकेल, गीतिभास्कर मच्छेश्वर सापकोटा, आजीवन सदस्य डा. इन्दुल केसी, पं. रमेश अधिकारी र केदारनाथ तिमल्सिना, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार दामोदर घिमिरे र कवि सोमकाजी शाक्यले समारोहमा उपस्थित भई खादा र शुभकामनापत्र अर्पण गर्नुभएको थियो ।