Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesरमा पाण्डे कोइरालालाई दूरदृष्टि नेतृत्व पुरस्कार समर्पण गरिने

रमा पाण्डे कोइरालालाई दूरदृष्टि नेतृत्व पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार’ रमा पाण्डे कोइराला (धनुषा) मा समर्पण गर्ने भएको छ । ‘बाल–बृद्ध–असहाय उत्थान केन्द्र’ नामक संस्था खोली आफ्नो परिवार, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग मात्र सहयोग मागेर बाल–बृद्ध–असहायहरूलाई खाने, बस्ने, पढाउने र औषधोपचार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय हुनुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।