शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार’ रमा पाण्डे कोइराला (धनुषा) मा समर्पण गर्ने भएको छ । ‘बाल–बृद्ध–असहाय उत्थान केन्द्र’ नामक संस्था खोली आफ्नो परिवार, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग मात्र सहयोग मागेर बाल–बृद्ध–असहायहरूलाई खाने, बस्ने, पढाउने र औषधोपचार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय हुनुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।