Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesनीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । सबलाङ्ग मान्छेलाई समेत कठिन हुने काम सम्भव बनाउँदै अरूसरह प्रतिस्पर्धा गरेर निजामती सेवामा उपसचिव बनेकी नीरा अधिकारी करिब ३० जना दृष्टिविहीनहरू कार्यरत निजामती सेवामा पहिलो दृष्टिविहीन हुनुहुन्छ र साहित्यिक सिर्जना पनि गर्नुहुन्छ । समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर पूरा गरेकी उहाँ दृष्टिविहीनहरूका लागि प्रेरणाको स्रोत र ‘काउन्सिलर’ बन्नुभएको छ । त्यसैले उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पूर्वप्रशासक तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन नीरा अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दछ ।