Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesपासाङ दोर्ची शेर्पालाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

पासाङ दोर्ची शेर्पालाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले समाजसेवी पासाङ दोर्ची शेर्पा (भोजपुर) लाई २०८३ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले आफ्नो जन्मजिल्ला भोजपुरका जनताको स्वास्थ्यस्थितिप्रति संवेदनशील बन्दै भोजपुर जिल्लाका विभिन्न गाउँहरूमा काठमाडौँ र अन्य ठाउँदेखि चिकित्सक र परिचारिकाहरूको टोली पटकपटक लगेर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरी विशेषतः आँखाका रोगी विपन्न नागरिकको लामो समयदेखि सेवा गर्दै आउनुभएको छ । काठमाडौँमा रहेका भोजपुरेहरूलाई सङ्गठित गरेर तिनीहरूलाई भोजपुर जिल्लाको हितमा उपयोग गराउनमा पनि उहाँको अहम् भूमिका रहेको छ । उहाँको यही योगदानका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कवि कृष्ण जोशीले आफू जीवित छँदै गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन पासाङ दोर्ची शेर्पाप्रति हार्दिक आभार प्रकट गर्दछ ।