Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesचयन समिति गठन

चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा समर्पण गर्नुपर्ने विभिन्न चार विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गरिदिन चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ । डा. मनीष पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा वीरेन्द्रबहादुर लाखे, खगेन्द्र आचार्य र रीमा खनाल सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
हरेक वर्षको फागुन महिनामा शब्दयात्रा प्रकाशनले उपहार, किरीट, नगद ५ हजार रुपियाँ र अभिवन्दनापत्रसहित आमसञ्चार, सामाजिक जागरण, शिक्षा र विज्ञान–प्रविधि विधामा सम्मान गर्ने गरेको छ । समितिले चयन गरेका व्यक्ति अथवा संस्था नै शब्दयात्रा प्रकाशनबाट सम्मानित हुनेछन् । पत्रिका र रेडियोबाट ती विधामा विशिष्ट योगदान गरेका व्यक्ति अथवा संस्थाको नाउँ सिफारिस गरी पठाउन आग्रह गरिएकोमा त्यसरी प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ छान्नेछ र शब्दयात्रा प्रकाशनले त्यसैलाई अनुमोदन गर्नेछ ।