शब्दयात्रा प्रकाशनले बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको निकट रहेको आफ्नो जग्गाको परिसरलाई ‘कृष्णगीता परिसर’ नाम राख्ने निर्णय गरेको छ ।
उक्त जग्गा समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान गरी हक हस्तान्तरण गर्नुभएको हुँदा उहाँ र उहाँकी धर्मपत्नी भोजकुमारी (गीता) कुइँकेलको सम्मानस्वरूप उक्त परिसरको नाम ‘कृष्णगीता परिसर’ राख्ने निर्णय गरिएको हो ।