Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनले जग्गा पायो

शब्दयात्रा प्रकाशनले जग्गा पायो

शब्दयात्रा प्रकाशनको सहयोगार्थ जग्गा दान गर्ने घोषणा गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलले घोषणाअनुसार नै आफ्नो नाउँको ३ आना जग्गा शब्दयात्रा प्रकाशनको नाउँमा दानपत्र गरी रजिस्ट्रेसन पास गरिदिनुभएको छ ।
गत भदौ २७ गते मालपोत कार्यालय काभ्रेमा गई उहाँले बनेपा नगरपालिका वडा नं. ११ नीलकण्ठेश्वर महादेव मन्दिरको निकट रहेको जग्गा पास गरिदिनुभएको हो ।
शब्दयात्रा प्रकाशनबाट गत भदौ १४ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सभापतिका रूपबाट कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई जग्गा दान गर्ने घोषणा गर्नुभएको थियो ।