शब्दयात्रा प्रकाशनको सक्रियतामा होटल हिमालयन होराइजनमा संस्थापित समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमाका विषयमा जानकारी गराउने उद्देश्यले शब्दयात्रा प्रकाशनले छुट्टै बुलेटिन प्रकाशित गरेको छ ।

नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माद्वारा गत २०७३ वैशाख १७ गते अनावरित उक्त प्रतिमाका विषयमा जानकारी लिन चाहनेहरूका लागि उक्त बुलेटिन होटल हिमालयन होराइजनको आर्थिक सहयोगमा नेपाली र अङ्ग्रेजी गरी दुई भाषामा प्रकाशन गरिएको हो ।