शब्दयात्रा प्रकाशनका सहयोगी साहित्यकार भरत जङ्गमलार्ई नेपालको राष्ट्रियता तथा भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारका साथै भ्रष्टाचारविरोधी अभियानमा समेत अहोरात्र समर्पित भएर मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनद्वारा सम्मानित गीतकार किरण खरेललाई गीतिकवितालेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाउन उल्लेखनीय योगदान गर्नुका साथै तत्कालीन समयमा वृत्तचित्र र समाचारचित्रहरूमा सर्वोत्कृष्ट उद्घोषणद्वारा जनमन छुन सफल भएकोमा ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएकोे छ ।
वैशाख ३० गते आयोजना गरिने कार्यक्रममा उहाँहरूका साथमा प्रा. डा. वेणीमाधव ढकाल र डा. ध्रुवचन्द्र गौतमलाई पनि पुरस्कृत गरिनेछ । चारैैवटा पुरस्कारका राशि एक–एक लाख रुपियाँ रहेका छन् ।
त्यसै गरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा–साहित्यको सृजनामा समेत पु¥याएको विशिष्ट योगदानका निम्ति शब्दयात्रा प्रकाशनका सहयोगी सुश्री शान्ता श्रेष्ठलाई पचास हजार रुपियाँ राशिको ’नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँका साथमा मोदनाथ प्रश्रित पनि पुरस्कृत हुनुहुनेछ ।