Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesऐतिहासिक महàवको दुर्लभ तस्बिर

ऐतिहासिक महàवको दुर्लभ तस्बिर

— रश्मि मञ्जुश्री
वि. सं. २०२५ सालमा खिचिएको यो दुर्लभ तस्बिर ऐतिहासिक महàवको छ । यस तस्बिरमा देखिने व्यक्तित्वहरूका कारण यो तस्बिर दुर्लभ भएको हो । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित ‘अधिकार र कर्तव्य’ शीर्षकको कविता प्रतियोगितामा विजयी कवि–कवयित्रीहरूलाई राजा महेन्द्रबाट पुरस्कार वितरण गरिएपछि यो तस्बिर खिचिएको हो ।

तस्बिरमा बायाँबाट क्रमशः सङ्गीतशिरोमणि यज्ञराज शर्मा, नाट्यसम्राट बालकृष्ण सम, कथाकार तथा उपन्यासकार भवानी भिक्षु, गीतकार भैरवनाथ रिमाल ‘कदम’, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि तथा गीतकार कालिप्रसाद रिजाल, राजा महेन्द्र (कवि मवीवि शाह), अज्ञात, साहित्यकार शरद्कुमार भट्टराई, कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी, कवि तथा पूर्वकुलपति केदारमान व्यथित र गायिका उर्मिला श्रेष्ठ देखिनुहुन्छ ।
उहाँहरूमध्ये गीतकार भैरवनाथ रिमाल ‘कदम’ ले शब्दयात्रा प्रकाशनबाट कविता–काव्य सम्मान प्राप्त गर्नुभएको छ भने गायिका उर्मिला श्रेष्ठले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गर्ने गरी ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएको छ ।
अगाडि देखिएको सामग्रीचाहिँ यज्ञराज शर्माले निर्माण गर्नुभएको बाजा हो, जसलाई उहाँले राजा महेन्द्रमा अर्पण गर्नुभएको थियो ।