शब्दयात्रा प्रकाशनले नेपालका चारजना शीर्ष व्यक्तित्वको सालिक बनेपाको कृष्ण–गीता परिसरमा स्थापना गर्न लागेकोमा एकजनाको सालिक थप गरेर पाँचजनाको सालिक स्थापना गर्ने भएको छ ।
विज्ञान–प्रविधि विधामा त्रिभुवन प्रज्ञा पुरस्कार पहिलोपटक प्राप्त गर्ने प्रथम नेपाली वैज्ञानिक नरबहादुर भारतीको सालिक शब्दयात्रा प्रकाशनले थप गर्न लागेको हो ।