आर्थिक सहयोग
रामकृष्ण कर्माचार्य, मुक्तिनाथ शर्मा न्यौपाने र चन्द्रकला शाहलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने बाँकी तीन विधाका सम्मानको पनि निर्णय गरेको छ । त्यस अनुसार २०७८ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ अग्रज पत्रकार रामकृष्ण कर्माचार्य (ललितपुर) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक मोरङ जिल्लाका लेखक सुनील सापकोटा हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ बालसाहित्यकार मुक्तिनाथ शर्मा न्यौपाने (लमजुङ) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका बालसाहित्यकार गोपाल पराजुली हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोकगायिका चन्द्रकला शाह (दाङ) लाई प्रदान गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक भोजपुर जिल्लाका लेखक द्रोणप्रसाद श्रेष्ठ हुनुहुन्छ । यी सम्मान पनि यसै महिनामा समर्पण गरिनेछन् ।
शब्दसञ्चारः चैत १५, २०७८
- Episode 95 – Shabda Sanchar 29:50
मञ्जुल, डा. तुलसी भट्टराई र डा. गोविन्द टण्डनलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने कविता–काव्य, समालोचना र अनुसन्धान सम्मानको निर्णय गरेको छ । निर्णय अनुसार २०७८ सालको वसन्त शर्मा कविता–काव्य सम्मान कवि मञ्जुल (२००३, भोजपुर) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका कवि कविप्रसाद प्याकुरेल हुनुहुन्छ । यसै गरी २०७८ सालको पद्मकला–भीमप्रसाद सुवेदी समालोचना सम्मान समालोचक डा. तुलसी भट्टराई (२००६, ताप्लेजुङ) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक भोजपुरका लेखक लालानाथ सुवेदी हुनुहुन्छ । यसै गरी २०७८ सालको जयदेव अधिकारी अनुसन्धान सम्मान अनुसन्धाता डा. गोविन्द टण्डन (२०१२, काठमाडौँ) लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक मोरङका शिक्षासेवी राजेन्द्र विरही हुनुहुन्छ । तीनैवटा सम्मान यसै महिनामा समर्पण गरिनेछन् ।
ॐकार टेलिभिजन, कपन–बानेश्वर र पद्मसागर कक्षपतिलाई सम्मान गरिने
शब्दयात्रा सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले अस्ति शनिबार चैत २२ गते सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरेर विभिन्न विधाका ९ जनालाई सम्मान ग¥यो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्य र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जना सम्मानद्वारा भरत जङ्गम, प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा गीता केशरी, सामाजिक जागरण सम्मानद्वारा प्रा. डा. जगदीश वैद्य, शिक्षा सम्मानद्वारा प्रा. डा. टङ्कनाथ शर्मा र विज्ञान–प्रविधि सम्मानद्वारा प्रा. डा. रमेशकुमार मास्के सम्मानित हुनुभएको थियो । यसै गरी स्तम्भकार सम्मानद्वारा शरच्चन्द्र वस्ती, राष्ट्रझङ्कार सम्मानद्वारा तिलकप्रसाद लुइँटेल, शिक्षक सम्मानद्वारा प्रा. डा. नन्दीश अधिकारी र नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा निर्मला श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ३६ हजार फिटमाथि हवाईजहाजमा उडेर आकाशबाटै आफ्नो गीतिअल्बम सार्वजनिक गराई विश्वरेकर्ड कायम गर्नुभएका हरिगोपाल प्रधानलाई विशेष सम्मान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत तथा रश्मि हुमागाईंले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उद्धवप्रसाद नेपालद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘आध्यात्मिक ज्ञानभण्डार’ नामक परिचयात्मक प्रबन्धसङ्ग्रहलाई प्रमुख अतिथि र विशेष अतिथि संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । पुस्तकमाथि शिक्षासेवी लोकेन्द्र ढकाल र कृतिकार स्वयंबाट मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा शिव बन्जाराबाट सम्मानपत्र वाचन, अमृत अधिकारी र पुण्यवती घलेबाट माला अर्पण, शारदाप्रसाद शर्मा र सकुल थापाबाट सामग्रीको व्यवस्थापन, पदम दाहालबाट विशेष अतिथि र प्रमुख अतिथिलाई उपहार समर्पण, ढुण्डिराज पोखरेलबाट विशेष सम्मानको प्रमाणपत्र वाचन गरिएको थियो ।
निर्माणका लागि २५ हजार सहयोग
शब्दयात्रा प्रकाशनले भौतिक संरचना निर्माण गर्दा त्यस कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले काभ्रेपलान्चोक जिल्ला बनेपा नालाकी समाजसेवी तथा लेखिका सुश्री निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनलाई २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
अक्षरसेवीका लागि ७ हजार
शब्दयात्रा प्रकाशनले विपत्तिपीडित साहित्यकार, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न खडा गरेको ‘अक्षरसेवी सहयोग कोष’ का लागि आख्यानकार भरत जङ्गमले ५ हजार रुपियाँ र लेखक दामोदर घिमिरेले २ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
सम्मानका सन्दर्भमा हार्दिक कृतज्ञता
शब्दयात्रा प्रकाशनबाट २०७८ साल चैत १२ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहका सन्दर्भमा शब्दयात्रा प्रकाशन हार्दिक कृतज्ञता व्यक्त गर्दछ — (क) प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीप्रति (ख) विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाप्रति (ग) सभापतित्व गरिदिने विश्वरेकर्ड कायम गरेका गीतकार हरिगोपाल प्रधानप्रति (घ) सिर्जना सम्मान ग्रहण गरिदिने भरत जङ्गमप्रति (ङ) प्रशासनिक महिला प्रतिभा सम्मान ग्रहण गरिदिने गीता केशरीप्रति (च) सामाजिक जागरण सम्मान ग्रहण गरिदिने प्रा. डा. जगदीश वैद्यप्रति (छ) शिक्षा सम्मान ग्रहण गरिदिने प्रा. डा. टङ्कनाथ शर्माप्रति (ज) विज्ञान–प्रविधि सम्मान ग्रहण गरिदिने प्रा. डा. रमेशकुमार मास्केप्रति (झ) स्तम्भकार सम्मान ग्रहण गरिदिने शरच्चन्द्र वस्तीप्रति (ञ) राष्ट्रझङ्कार सम्मान ग्रहण गरिदिने तिलकप्रसाद लुइँटेलप्रति (ट) शिक्षक सम्मान ग्रहण गरिदिने प्रा. डा. नन्दीश अधिकारीप्रति (ठ) शोध सम्मान ग्रहण गरिदिने निर्मला श्रेष्ठप्रति (ड) टिप्पणीकार तथा चयन समितिका संयोजक लोकेन्द्र ढकालप्रति (ढ) चयन समितिका सदस्य दामोदर घिमिरेप्रति (ण) कृतिकार उद्धवप्रसाद नेपालप्रति (त) गीता केशरीको सम्मान ग्रहण गरिदिने चन्द्रबहादुर खड्काप्रति (थ) सम्मानका आर्थिक व्यवस्थापकहरू उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, गीता मञ्जुश्री अधिकारी, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ र धनकुमारी श्रेष्ठप्रति (द) उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट सम्मान गरिदिने नवीना श्रेष्ठप्रति (ध) हरिगोपाल प्रधानको सम्मानपत्र पढिदिने ढुण्डिराज पोखरेलप्रति (न) प्रमुख अतिथि र विशेष अतिथिलाई स्मृतिचिह्न समर्पण गरिदिने पदम दाहालप्रति (प) कार्यक्रम सञ्चालन गरिदिने रश्मि हुमागाईंप्रति (फ) जलपानको खर्च बहन गरिदिने प्रकाश नेपालप्रति (ब) विविध व्यवस्था मिलाइदिने सङ्गीता केसीप्रति (भ) रेडियो कार्यक्रमका लागि स्वराङ्कन गराई अभिवन्दनापत्र वाचन पनि गरिदिने शिव बन्जाराप्रति (म) कार्यक्रम दृश्याङ्कन गरिदिने प्रकृति प्याकुरेलप्रति (य) माला अर्पण गरिदिने अमृत अधिकारी र पुण्यवती घलेप्रति (र) सामग्रीहरूको व्यवस्थापन गरिदिने शारदाप्रसाद शर्मा र सकुल थापाप्रति (ल) उपस्थित अन्य महानुभावहरूप्रति (व) स्थान उपलब्ध गराइदिने नमोबुद्ध ब्यान्क्वेटप्रति ।
शब्दसञ्चारः चैत ०८, २०७८
- Episode 94 – Shabda Sanchar 32:35

