Home Blog Page 98

अब ‘अठोट’ को पालो

0

शब्दयात्रा प्रकाशनबाट गीतकार लीलादेवी श्रेष्ठद्वारा लिखित नाट्यकृति ‘अठोट’ प्रकाशन हुने भएको छ । ‘अठोट’ लाई आगामी जेठ महिनामा सार्वजनिक गरिने लक्ष्य राखिएको छ । कृतिकार लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने ‘सङ्खुवासभा प्रतिभा पुरस्कार’ को आर्थिक व्यवस्थापक पनि हुनुहुन्छ ।

शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन

0
शिक्षासेवी रामप्रसाद अधिकारीको सम्मानमा जनस्तरबाट अभिनन्दनग्रन्थ प्रकाशन गरिने भएको छ । त्यस कार्यका लागि शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू सम्मिलित नौ सदस्यीय ‘शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति’ गठन गरिएको छ । समितिको संयोजकमा शिव बन्जारा तथा सदस्यहरूमा चन्द्रबहादुर खड्का, रश्मि हुमागाई, रमेश पौड्याल, केदारनाथ तिमल्सिना, प्रदीप केसी, इ. रोशन अधिकारी, सकुल थापा र सचिवमा सङ्गीता केसी रहनुभएको छ ।

हृदयतः समवेदना

0

शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित व्यक्तित्व डा. ओमवीरसिंह बस्न्यात दिवङ्गत हुनुभएको समाचार सुनेर हामी व्यथित बनेका छौँ र उहाँको आत्मा परमात्मामा समाहित होस् भन्ने कामना गर्दै शोकाकुल परिवारजनप्रति हृदयतः समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दसञ्चारः चैत २९, २०७८

0
  1. Episode 97 – Shabda Sanchar 30:40

शब्दयात्रा प्रकाशनद्वारा नौ विधाको सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रम यही चैत २६ गते शनिबार बनेपामा सम्पन्न गरेको छ । नेपालका प्रसिद्ध विद्वान् लेखक डा. शास्त्रदत्त पन्त प्रमुख अतिथि र  शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा भ्रष्टाचार निवारण शास्त्रका प्रणेता भरत जङ्गम सभापति रहनुभएको उक्त कार्यक्रममा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा रामकृष्ण कर्माचार्यलाई, वसन्त शर्मा कविता–काव्य सम्मानद्वारा मञ्जुललाई, पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. तुलसी भट्टराईलाई र जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा डा. गोविन्द टन्डनलाई सम्मान गरिएको थियो । यसै गरी मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा चन्द्रकला शाह, विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मानद्वारा मुक्तिनाथ शर्मा न्यौपाने, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मानद्वारा कपन–बानेश्वर साप्ताहिक पत्रिका, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मानद्वारा ॐकार टेलिभिजन र रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मानद्वारा पदमसागर कक्षपति सम्मानित हुनुभएको थियो । सम्मानित महानुभावहरूलाई रकम समर्पण आर्थिक व्यवस्थापकहरू कविप्रसाद प्याकुरेल, लालानाथ सुवेदी, राजेन्द्र विरही, द्रोणप्रसाद श्रेष्ठ, गोपाल पराजुली र हरिगोपाल प्रधानले गर्नुभएको थियो । सम्मान गर्दा रुद्राक्षको माला, रकम, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपलब्धि र गतिविधिहरू प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन रश्मि हुमागाईंले, सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, स्वराङ्कनको व्यवस्था र अभिवन्दनापत्र वाचन रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले, छायाङ्कन प्रकृति प्याकुरेलले, मञ्चस्थ महानुभावहरूलाई माला अर्पण अमृत अधिकारीले, चयन समितिका संयोजक र सदस्यलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सहदीप पलान्चोकेले, प्रमुख अतिथिलाई स्मृतिचिह्न समर्पण हरिगोपाल प्रधानले, आशीर्वचन सङ्कलन तथा स्वस्तिवाचनका रूपमा गणेश प्रार्थना शारदाप्रसाद शर्माले एवम् ब्राह्मणपूजन मच्छेश्वर सापकोटा र साधुराम गिरीले गर्नुभएको थियो ।
प्रा. केदारनाथ श्रेष्ठबाट सभाविसर्जन गरिएको उक्त कार्यक्रममा षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, जयदेव अधिकारी, मनका श्रेष्ठ र पद्मकला–भीमप्रसाद सुवेदीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

‘आनन्द’ (यात्रा र अनुभूति) छापिँदै

0

नियात्राकार पोष चापागाईंको ११ औँ नियात्राकृति ‘आनन्द’ (यात्रा र अनुभूति) धमाधम छापिँदैछ । अब केही दिनमै पढ्न पाइन्छ । डा. गोविन्दराज भट्टराईले लेख्नुभएको छ — ‘यसले पाठकलाई तिब्बतका पठार डुलाउँदै मानसरोवर दर्शन गराउँछ अनि कैलाश पर्वत घुमाउँछ । नेपाली वाङ्मयमा त्यस पुण्यभूमिको यात्रा पूरा गरेको वर्णन अत्यन्तै सुन्दर साहित्यिक ढाँचामा प्रस्तुत छ । यो अत्यन्तै नौलो र पठनीय विषय हो ।’ यस पुस्तकको प्रकाशक शब्दयात्रा प्रकाशनको यो १७१ औँ प्रकाशनपुष्प हो ।

मन्दिर बनाउन आर्थिक सहयोग

0
बनेपा — ६ मा रहेको शब्दयात्रा शारदा मन्दिरको छेउमा राधाकृष्णको मन्दिर निर्माण गर्नका लागि ‘तरुण’ (राष्ट्रिय साप्ताहिक पत्रिका) का सम्पादक तथा ‘तरुण खबर’ (डिजिटल पत्रिका) का सल्लाहकार सम्पादक श्री परशु घिमिरे (ढुङ्खर्क, काभ्रेपलान्चोक) ले शब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

 

शब्दसञ्चारः चैत २२, २०७८

0
  1. Episode 96 – Shabda Sanchar 32:19

२०७८ सालमा शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू

0

(१) भरतांशु (महाकाव्य) — नीलकण्ठ भट्टराई, (२) गोमाको फूलबारी (जीवनी) — लोकेन्द्र ढकाल, (३) कुमारी सिन्दुर (गीतिकाव्य) — नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’, (४) संस्मरण र आत्मवृत्तान्त (लेखसङ्ग्रह) — हर्षनारायण कर्माचार्य, (५) अरू सात समुद्र (कवितासङ्ग्रह) — शैलेन्द्र साकार, (६) पाइला–पाइलामा उमङ्ग (नियात्रासङ्ग्रह) — हिरण्यकुमारी पाठक, (७) शब्दचित्रमा हामी (कवितासङ्ग्रह) — सं. डा. इन्दुल केसीसमेत, (८) ठुमरीकी रानी (लेखसङ्ग्रह) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, (९) भरत (महाकाव्य) — मनिराज जोशी, (१०) विकसित नेपाल सम्पन्न नेपाली (चिन्तन) — कृष्णप्रसाद भट्टराई, (११) जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ) — सं. हरि मञ्जुश्री, (१२) श्वेताम्बरी (कवितासङ्ग्रह) — पदम दाहाल, (१३) अशोकचन्द्र धुँजूका लेखहरू (लेखसङ्ग्रह) — अशोकचन्द्र धुँजू श्रेष्ठ, सं. शिव बन्जारा, (१४) आध्यात्मिक ज्ञानभण्डार (लेखसङ्ग्रह) — उद्धवप्रसाद नेपाल, (१५) नजोडिएको सम्बन्ध (उपन्यास) — माधवप्रसाद चापागाई, (१६) आस्था (बिरौंलासङ्ग्रह) — सं. केदारनाथ तिमल्सिना । 

 

‘आस्था’ (बिरौंलासङ्ग्रह) छापिने

0

शब्दयात्रा प्रकाशनबाट केदारनाथ तिमल्सिनाको लेखन तथा सङ्कलनमा ‘आस्था’ नामक बिरौंलासङ्ग्रह यही चैत महिनाभित्रै प्रकाशित हुने भएको छ । यस पुस्तकमा शिक्षासेवी रामप्रसाद अधिकारीको मन्तव्य रहेको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ७० औँ र केदारनाथ तिमल्सिनाको ५ औँ कृति हो । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा प्रकाशित पुस्तकको सङ्ख्या १६ पुगेको छ । यसअघि शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित पुस्तक ‘परिवर्तन’ प्रकाशित गरेको थियो ।