Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesॐकार टेलिभिजन, कपन–बानेश्वर र पद्मसागर कक्षपतिलाई सम्मान गरिने

ॐकार टेलिभिजन, कपन–बानेश्वर र पद्मसागर कक्षपतिलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने तीन विधाका सम्मानको निर्णय गरेको छ । २०७८ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ आध्यात्मिक जागरण गराइरहेको ॐकार टेलिभिजनलाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका समाजसेवी सुदर्शन आचार्य हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’ नेपालको पहिलो साहित्यिक साप्ताहिक रङ्गीन पत्रिका ‘कपन–बानेश्वर’ लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक भोजपुर जिल्लाका समाजसेवी योगेन्द्र खत्री हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो–पत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काठमाडौँ जिल्लाका फोटो–पत्रकार हरिगोपाल प्रधान हुनुहुन्छ । तीनैवटा सम्मान यसै महिनामा समर्पण गरिनेछन् ।