शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समितिले २०७८ सालमा समर्पण गरिने तीन विधाका सम्मानको निर्णय गरेको छ । २०७८ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ आध्यात्मिक जागरण गराइरहेको ॐकार टेलिभिजनलाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काभ्रेपलान्चोक जिल्लाका समाजसेवी सुदर्शन आचार्य हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’ नेपालको पहिलो साहित्यिक साप्ताहिक रङ्गीन पत्रिका ‘कपन–बानेश्वर’ लाई समर्पण गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक भोजपुर जिल्लाका समाजसेवी योगेन्द्र खत्री हुनुहुन्छ । यसै गरी २०७८ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो–पत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरिने भएको छ । यस सम्मानका आर्थिक व्यवस्थापक काठमाडौँ जिल्लाका फोटो–पत्रकार हरिगोपाल प्रधान हुनुहुन्छ । तीनैवटा सम्मान यसै महिनामा समर्पण गरिनेछन् ।