Home Blog Page 97

शब्दसञ्चारः चैत ०१, २०७८

0
  1. Episode 93 – Shabda Sanchar 30:35

‘श्रीकृष्ण रहस्य’ प्रकाशन गरिने

0

शब्दयात्रा प्रकाशनले १७१ औँ प्रकाशनपुष्पका रूपमा ‘श्रीकृष्ण रहस्य’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित यस पुस्तकको सम्पादन हरि मञ्जुश्री र डिल्लीराम निरौलाले संयुक्त रूपमा गर्नुभएको छ । हिमाली निरौला, गम्भीर घिमिरे र लीला घिमिरेको प्रकाशन सम्बन्धी व्यवस्थापनमा प्रकाशन हुन लागेको यो पुस्तक करिब ४ सय ६४ पृष्ठको हुनेछ । 

शब्दसाधक तीर्थको अवलोकन

0

अन्वेषकहरू परशु घिमिरे र डा. बलराम तिमल्सिनाले शब्दसाधक तीर्थमा गएर शब्दयात्रा प्रकाशनको जग्गा, शब्दयात्रा प्रकाशनले राखेका सालिकहरू, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय आदिको अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि अन्वेषणमूलक केही पुस्तकहरू प्रदान गर्नुभयो । त्यस बखत शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र उहाँहरूका बीच शब्दयात्रा प्रकाशनले निर्माण गर्न लागेको शब्दयात्रा बहुआयामिक अनुसन्धान केन्द्रका विषयमा विचार–विमर्श भएको थियो ।

शब्दयात्रा प्रकाशनका चारजना सुभाष स्मृति प्रतिष्ठानमा

0

शब्दयात्रा प्रकाशनका चारजना आजीवन सदस्य सुभाष स्मृति प्रतिष्ठानको कार्यसमितिमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको वार्षिक दिवसमा नयाँ कार्यसमितिको गठन गर्दा चन्द्रबहादुर खड्का, हरि मञ्जुश्री, पुण्यवती घले र प्रदीप केसी कार्यसमितिमा चयन हुनुभएको हो ।

डा. इन्दुल केसी संयोजक चयन

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी सुभाष स्मृति प्रतिष्ठानद्वारा गठित ‘अन्तरसंस्था समन्वय समिति’ को संयोजकमा चयन हुनुभएको छ । सुभाष स्मृति प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उहाँलाई समन्वय समितिको संयोजक चयन गरिएको हो । कार्यक्रममा माल्यार्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य साधुराम गिरीले गर्नुभएको थियो ।

‘हारजीतको जिन्दगी’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काद्वारा लिखित गीतसङ्ग्रह ‘हारजीतको जिन्दगी’ लाई सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमको प्रमुख आतिथ्यमा सुभाष स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमाथि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कवि पदम दाहालले टिप्पणी गर्नुभएको थियो । सार्वजनिक गर्दा प्रमुख अतिथि भरत जङ्गम, प्रतिष्ठानका सम्मान संयोेजक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, अतिथि हरिकृष्ण खतिवडा, टिप्पणीकार तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पदम दाहाल र कृतिकार चन्द्रबहादुर खड्काले एकसाथ सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घलेले गर्नुभएको थियो ।

डा. भास्कर हुमागाईं सम्मानित

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. भास्कर हुमागाईं ‘सुभाष स्मृति स्वास्थ्यसेवा सम्मान, २०७८’ बाट सम्मानित हुनुभएको छ । भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमको प्रमुख आतिथ्यमा सुभाष स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १८ औँ वार्षिक दिवसको अवसरमा उहाँलाई सम्मान गरिएको हो । सम्मानका क्रममा उहाँलाई अतिथि हरिकृष्ण खतिवडाले दोसल्ला, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य चन्द्रबहादुर खड्काले उपहार र प्रमुख अतिथि तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गमले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानपत्रको वाचन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जाराले गर्नुभएको थियो ।

भक्तपुर सम्पर्क केन्द्रका सदस्य सम्मानित

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारी प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएको छ । उहाँलाई प्रगतिशील लेखक सङ्घ भक्तपुरको पूर्वअध्यक्षका रूपमा सम्मान गरिएको हो । प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।

सहयोगीहरूलाई कदरपत्र प्रदान

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रह २०७८ साल पुस ३ गते मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिकीकरण गर्दा उक्त कार्यक्रमलाई सम्पन्न गर्नमा व्यवस्थापन र संयोजन गर्नुभएका बुद्धिकुमार घो तथा सो कार्यक्रमका स्वयम्सेवक ममता अवाल, सङ्गीता श्रेष्ठ, श्यामसुन्दरी श्रेष्ठ र चनकेशरी श्रेष्ठलाई कदरपत्र प्रदान गरेको छ । कार्यक्रमको सभापतित्व हरिबहादुर श्रेष्ठले तथा सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको उक्त कार्यक्रममा डिल्लीराम गौतमले स्वागत मन्तव्यका साथ खादा लगाइदिनुभएको थियो भने डा. इन्दुल केसीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पदम दाहालले सम्मानपत्र वाचन गरेर सुनाउनुभयो भने सुनील सापकोटाले कार्यक्रमको परिचय गराउनुभएको थियो । प्रजापति तिमिल्सिनाले गीत सुनाउनुभएको थियो ।

प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा प्रस्ताव लेखन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी यही फागुन २७ गते सञ्चालन गरियो । कुनै पनि कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक पर्ने प्रस्ताव कसरी तयार गर्ने भन्ने बारेमा डा. इन्दुल केसीले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा जीवनाथ अधिकारी, पदम दाहाल, सुनील सापकोटा, प्रजापति तिमिल्सिना, डिल्लीराम गौतम, बुद्धिकुमार घो, हरिबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । उक्त कार्यशाला गोष्ठी अत्यन्त उपयोगी रहेको तर समय छोटो भएका कारण प्रशस्त अभ्यास गर्न नसकिएकाले अर्को कार्यक्रम पनि आयोजना हुनुपर्ने सहभागीको चाहना अनुरूप निकट भविष्यमा पुनः अर्को कार्यशालाको आयोजना गरिने जानकारी कार्यक्रमका संयोजक जीवनाथ अधिकारीले गराउनुभयो । कार्यक्रमको आयोजना भक्तपुर ठिमीको आदर्श माध्यमिक विद्यालयमा गरिएको थियो ।