शब्दयात्रा प्रकाशनले अस्ति शनिबार चैत २२ गते सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरेर विभिन्न विधाका ९ जनालाई सम्मान ग¥यो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्य र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जना सम्मानद्वारा भरत जङ्गम, प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा गीता केशरी, सामाजिक जागरण सम्मानद्वारा प्रा. डा. जगदीश वैद्य, शिक्षा सम्मानद्वारा प्रा. डा. टङ्कनाथ शर्मा र विज्ञान–प्रविधि सम्मानद्वारा प्रा. डा. रमेशकुमार मास्के सम्मानित हुनुभएको थियो । यसै गरी स्तम्भकार सम्मानद्वारा शरच्चन्द्र वस्ती, राष्ट्रझङ्कार सम्मानद्वारा तिलकप्रसाद लुइँटेल, शिक्षक सम्मानद्वारा प्रा. डा. नन्दीश अधिकारी र नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा निर्मला श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ३६ हजार फिटमाथि हवाईजहाजमा उडेर आकाशबाटै आफ्नो गीतिअल्बम सार्वजनिक गराई विश्वरेकर्ड कायम गर्नुभएका हरिगोपाल प्रधानलाई विशेष सम्मान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत तथा रश्मि हुमागाईंले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उद्धवप्रसाद नेपालद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘आध्यात्मिक ज्ञानभण्डार’ नामक परिचयात्मक प्रबन्धसङ्ग्रहलाई प्रमुख अतिथि र विशेष अतिथि संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । पुस्तकमाथि शिक्षासेवी लोकेन्द्र ढकाल र कृतिकार स्वयंबाट मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा शिव बन्जाराबाट सम्मानपत्र वाचन, अमृत अधिकारी र पुण्यवती घलेबाट माला अर्पण, शारदाप्रसाद शर्मा र सकुल थापाबाट सामग्रीको व्यवस्थापन, पदम दाहालबाट विशेष अतिथि र प्रमुख अतिथिलाई उपहार समर्पण, ढुण्डिराज पोखरेलबाट विशेष सम्मानको प्रमाणपत्र वाचन गरिएको थियो ।
शब्दयात्रा सम्मान समर्पण
निर्माणका लागि २५ हजार सहयोग
शब्दयात्रा प्रकाशनले भौतिक संरचना निर्माण गर्दा त्यस कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले काभ्रेपलान्चोक जिल्ला बनेपा नालाकी समाजसेवी तथा लेखिका सुश्री निर्मला श्रेष्ठले शब्दयात्रा प्रकाशनलाई २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
अक्षरसेवीका लागि ७ हजार
शब्दयात्रा प्रकाशनले विपत्तिपीडित साहित्यकार, पत्रकार र कलाकारलाई आर्थिक सहयोग गर्न खडा गरेको ‘अक्षरसेवी सहयोग कोष’ का लागि आख्यानकार भरत जङ्गमले ५ हजार रुपियाँ र लेखक दामोदर घिमिरेले २ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
सम्मानका सन्दर्भमा हार्दिक कृतज्ञता
शब्दयात्रा प्रकाशनबाट २०७८ साल चैत १२ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहका सन्दर्भमा शब्दयात्रा प्रकाशन हार्दिक कृतज्ञता व्यक्त गर्दछ — (क) प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीप्रति (ख) विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाप्रति (ग) सभापतित्व गरिदिने विश्वरेकर्ड कायम गरेका गीतकार हरिगोपाल प्रधानप्रति (घ) सिर्जना सम्मान ग्रहण गरिदिने भरत जङ्गमप्रति (ङ) प्रशासनिक महिला प्रतिभा सम्मान ग्रहण गरिदिने गीता केशरीप्रति (च) सामाजिक जागरण सम्मान ग्रहण गरिदिने प्रा. डा. जगदीश वैद्यप्रति (छ) शिक्षा सम्मान ग्रहण गरिदिने प्रा. डा. टङ्कनाथ शर्माप्रति (ज) विज्ञान–प्रविधि सम्मान ग्रहण गरिदिने प्रा. डा. रमेशकुमार मास्केप्रति (झ) स्तम्भकार सम्मान ग्रहण गरिदिने शरच्चन्द्र वस्तीप्रति (ञ) राष्ट्रझङ्कार सम्मान ग्रहण गरिदिने तिलकप्रसाद लुइँटेलप्रति (ट) शिक्षक सम्मान ग्रहण गरिदिने प्रा. डा. नन्दीश अधिकारीप्रति (ठ) शोध सम्मान ग्रहण गरिदिने निर्मला श्रेष्ठप्रति (ड) टिप्पणीकार तथा चयन समितिका संयोजक लोकेन्द्र ढकालप्रति (ढ) चयन समितिका सदस्य दामोदर घिमिरेप्रति (ण) कृतिकार उद्धवप्रसाद नेपालप्रति (त) गीता केशरीको सम्मान ग्रहण गरिदिने चन्द्रबहादुर खड्काप्रति (थ) सम्मानका आर्थिक व्यवस्थापकहरू उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, गीता मञ्जुश्री अधिकारी, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ र धनकुमारी श्रेष्ठप्रति (द) उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट सम्मान गरिदिने नवीना श्रेष्ठप्रति (ध) हरिगोपाल प्रधानको सम्मानपत्र पढिदिने ढुण्डिराज पोखरेलप्रति (न) प्रमुख अतिथि र विशेष अतिथिलाई स्मृतिचिह्न समर्पण गरिदिने पदम दाहालप्रति (प) कार्यक्रम सञ्चालन गरिदिने रश्मि हुमागाईंप्रति (फ) जलपानको खर्च बहन गरिदिने प्रकाश नेपालप्रति (ब) विविध व्यवस्था मिलाइदिने सङ्गीता केसीप्रति (भ) रेडियो कार्यक्रमका लागि स्वराङ्कन गराई अभिवन्दनापत्र वाचन पनि गरिदिने शिव बन्जाराप्रति (म) कार्यक्रम दृश्याङ्कन गरिदिने प्रकृति प्याकुरेलप्रति (य) माला अर्पण गरिदिने अमृत अधिकारी र पुण्यवती घलेप्रति (र) सामग्रीहरूको व्यवस्थापन गरिदिने शारदाप्रसाद शर्मा र सकुल थापाप्रति (ल) उपस्थित अन्य महानुभावहरूप्रति (व) स्थान उपलब्ध गराइदिने नमोबुद्ध ब्यान्क्वेटप्रति ।
शब्दसञ्चारः चैत ०८, २०७८
- Episode 94 – Shabda Sanchar 32:35
सम्मान कार्यक्रम चैत १२ गते
शब्दयात्रा प्रकाशनले यही चैत १२ गते शनिबार बनेपामा सम्मान समर्पण समारोहको आयोजना गर्ने भएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा सिर्जना सम्मानबाट भक्तपुरका भरत जङ्गम, प्रशासनिक महिला प्रतिभा सम्मानबाट काठमाडौँकी गीता केशरी, सामाजिक जागरण सम्मानबाट ललितपुरका प्रा. डा. जगदीश वैद्य, शिक्षा सम्मानबाट कास्कीका प्रा. डा. टङ्कनाथ शर्मा, विज्ञान–प्रविधि सम्मानबाट मोरङका प्रा. डा. रमेशकुमार मास्के, स्तम्भकार सम्मानबाट सुनसरीका शरच्चन्द्र वस्ती, राष्ट्रझङ्कार सम्मानबाट तेह्रथुमका तिलकप्रसाद लुइँटेल, शिक्षक सम्मानबाट भोजपुरका प्रा. डा. नन्दीश अधिकारी र शोध सम्मानबाट काभ्रेपलान्चोककी निर्मला श्रेष्ठ सम्मानित हुनुहुनेछ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन कल्याण लम्साल, उर्मिला श्रेष्ठ भोजपुरे, आनन्दराज श्रेष्ठ, रमेश पौड्याल, रामकृष्ण स्मृति प्रतिष्ठान, हरिगोपाल प्रधान, कृष्णहरि मैनाली, निर्मलाकुमारी यगोल र गीता अधिकारीले गर्नुभएको हो ।
आयुर्वेद विधामा पनि अक्षयकोष स्थापना
शब्दयात्रा प्रकाशनलाई भक्तपुरका समाजसेवी नारायणप्रसाद वैद्य — सरस्वती वैद्य दम्पतीबाट सम्मानको अक्षयकोषका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ प्राप्त भएको छ । भक्तपुरका पुराना चिकित्सकका रूपमा प्रसिद्धि कमाएका आफ्ना हजुरबुबा कालु वैद्यको स्मृति तथा सम्मानमा आयुर्वेद विधाबाट योगदान गर्ने व्यक्ति तथा संस्थालाई शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष सम्मानित गर्न उहाँहरूले यो रकम उपलब्ध गराउनुभएको हो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको आग्रह स्वीकार गरी अक्षयकोषको व्यवस्था गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशनले समाजसेवी दम्पतीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
हरि मञ्जुश्रीबाट प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जीवित छँदै आफ्नो शरीरको हड्डी दान गर्ने नेपाली सन्त लीलादास घिमिरेका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना नामक कार्यक्रममा साप्ताहिक रूपमा नेपाली सन्तहरूका विषयमा प्रवचन गर्ने क्रममा उहाँले यो हप्ता ताप्लेजुङ चाँगेका लीलादास घिमिरेका विषयमा प्रवचन गर्नुभएको हो । सन्त लीलादास घिमिरेले सिक्किमका लामाहरूलाई आफ्नो नलिखुट्टाको हाड दान गर्नुभएको थियो । उहाँको हाडलाई भुटानका बौद्ध गुम्बाहरूमा राखिएको छ ।
‘शब्दसंवाद’ मा ठाडोभाका सम्बन्धी प्रवचन
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा अन्वेषक तथा साहित्यकार लालबहादुर भुजेलले नेपालको मौलिक सङ्गीत ठाडोभाकाका विषयमा जानकारीमूलक प्रवचन गर्नुभयो । उहाँले ठाडोभाकाका विषयमा अन्वेषणात्मक कृति नै लेखेर प्रकाशन गराउनुभएको छ । प्रवचन कार्यक्रममा उहाँले ठाडोभाकाशिरोमणि भेडीखर्के साइँलोका रूपमा प्रसिद्धि प्राप्त गरेका दीर्घराज अधिकारी लगायत अन्य गायकहरू र लमजुङमा रहेको ठाडोभाका सम्बन्धी प्रतिष्ठानका बारेमा पनि जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जारा, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोके आदिले ठाडोभाका सम्बन्धी जिज्ञासाहरू राख्नुभएको थियो । कार्यक्रममा नानु उप्रेती लगायतका व्यक्तिहरू पनि सहभागी हुनुहुन्थ्यो ।
फागु विशेष कविता वाचन कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा विद्युतीय माध्यमबाट फागु विशेष कविता वाचन कार्यक्रमको आयोजना गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको प्रमुख आतिथ्य र भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमको सभापतित्वमा जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसी, चन्द्रमान प्रधान, जीवनाथ अधिकारी, डिल्लीराम गौतम, दामोदर घिमिरे, पदम दाहाल, विरजा घमिरे, सहदीप पलान्चोके र सुनील सापकोटाले आ–आफ्ना कविताहरू वाचन गर्नुभएको थियो । वाचन गरिएका सबै कविताहरू फागुलाई विषयवस्तु बनाएर लेखिएका थिए ।