Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसहयोगीहरूलाई कदरपत्र प्रदान

सहयोगीहरूलाई कदरपत्र प्रदान

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रह २०७८ साल पुस ३ गते मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिकीकरण गर्दा उक्त कार्यक्रमलाई सम्पन्न गर्नमा व्यवस्थापन र संयोजन गर्नुभएका बुद्धिकुमार घो तथा सो कार्यक्रमका स्वयम्सेवक ममता अवाल, सङ्गीता श्रेष्ठ, श्यामसुन्दरी श्रेष्ठ र चनकेशरी श्रेष्ठलाई कदरपत्र प्रदान गरेको छ । कार्यक्रमको सभापतित्व हरिबहादुर श्रेष्ठले तथा सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको उक्त कार्यक्रममा डिल्लीराम गौतमले स्वागत मन्तव्यका साथ खादा लगाइदिनुभएको थियो भने डा. इन्दुल केसीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा पदम दाहालले सम्मानपत्र वाचन गरेर सुनाउनुभयो भने सुनील सापकोटाले कार्यक्रमको परिचय गराउनुभएको थियो । प्रजापति तिमिल्सिनाले गीत सुनाउनुभएको थियो ।