Home Blog Page 95

नीति र रीति

नीति र रीति

नीतिसङ्ग्रह
ओतबहादुर खड्का
२०६८ मङ्सिर
५००
३०।–

हाम्री हजुरआमा मर्दा जो रोए

हाम्री हजुरआमा मर्दा जो रोए

विविध सङ्ग्रह
रश्मि मञ्जुश्री र रोशन मञ्जुश्री
२०६८ भदौ ५०० २०।–

थोपाथोपामा समुद्र

थोपाथोपामा समुद्र

कवितासङ्ग्रह
योगेन्द्र खत्री
२०६८ असार ११११
७५।–

असार ४ गते ५ पुस्तक सार्वजनिक गरिने

0

शब्दयात्रा प्रकाशनले यही २०७९ साल असार ४ गते बनेपामा आयोजना गर्ने एउटै कार्यक्रममा ५ वटा पुस्तक सार्वजनिक गर्दैछ । त्यस कार्यक्रममा लीलादेवी श्रेष्ठले लेख्नुभएको ‘अठोट’ (नाटक) र ‘जिन्दगीका डोबहरू’ (भजन–कवितासङ्ग्रह), लोकमान मास्केले लेख्नुभएको ‘मनमा नअटेका कुरा’ (कवितासङ्ग्रह), हरि कोर्कालीले लेख्नुभएको ‘जून मामा’ (बालकवितासङ्ग्रह) र ‘धृतराष्ट्रको शुभकामना’ (व्यङ्ग्यकवितासङ्ग्रह) सार्वजनिक हुनेछन् ।

थप तीन सम्मानको निर्णय

0
शब्दयात्रा प्रकाशनबाट २०७९ सालको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानमध्ये थप ३ वटा सम्मानका लागि सम्मान्य व्यक्तित्व चयन समितिले नाम उपलब्ध गराएको छ । त्यसअनुसार राष्ट्रझङ्कार सम्मान विश्लेषक डा. शास्त्रदत्त पन्त (बागलुङ) लाई, विज्ञान–प्रविधि सम्मान ध्वनिविज्ञ प्रदीप उपाध्याय (बारा) लाई र स्तम्भकार सम्मान सञ्चारकर्मी चन्द्रमणि गौतम (सुनसरी) लाई समर्पण गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन कृष्णहरि मैनाली, रामकृष्ण स्मृति प्रतिष्ठान र हरिगोपाल प्रधानले गर्नुभएको छ । यसअघि ४ जनाको नाउँ घोषणा भइसकेको छ । अब ३ जनाको नाउँ घोषणा हुन बाँकी छ ।

‘माच’ छापिने

0
लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित लेखहरूको सङ्ग्रह ‘माच’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा छापिन लागेको छ । यसअघि उहाँद्वारा लिखित जीवनीग्रन्थ ‘गोमाको फूलबारी’ पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको थियो । ‘माच’ शब्दयात्रा प्रकाशनको १ सय ७९ औँ प्रकाशनपुष्प हो । ‘माच’ प्रकाशन हुन लागेकोमा कृतिकार लोकेन्द्र ढकाललाई हार्दिक बधाई छ ।

चार सम्मानको घोषणा

0

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७९ सालको पहिलो चरणमा सम्मान गर्नुपर्ने १० विधाका सम्मानमध्ये ४ वटा सम्मानका लागि चयन गरिएको नाम उपलब्ध गराएको छ । त्यसअनुसार शब्दयात्रा होम–तोत्र शिक्षा सम्मानबाट डा. उत्तमकृष्ण कर्माचार्य (भक्तपुर), शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मानबाट प्रा. केदारनाथ श्रेष्ठ (भोजपुर), शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट लक्ष्मी खतिवडा हुमागाईं (इलाम) र शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट शारदाप्रसाद शर्मा धिताल (काभ्रेपलान्चोक) लाई सम्मानित गरिने भएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन रमेश पौड्याल, निर्मलाकुमारी यगोल श्रेष्ठ, उर्मिला श्रेष्ठ भोजपुरे र गीता अधिकारीले गर्नुभएको छ । शब्दयात्रा प्रकाशनबाट विभिन्न १० विधा उल्लेख गरी ती विधाका लागि सम्मानयोग्य व्यक्तिको नाउँ र योगदानको विवरण उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरिएको थियो । त्यसपछि प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले सम्मान गर्नका लागि नाउँ चयन गरेको हो । बाँकी ६ विधाका लागि पनि छिटै नाउँ सार्वजनिक गरिनेछ । चयन समितिमा आख्यानकार प्रजापति तिमिल्सिना संयोजक तथा सहदीप पलान्चोके र वेदप्रसाद गौतम सदस्य हुनुहुन्छ ।

जून मामा र धृृतराष्ट्रको शुभकामना

0
शब्दयात्रा प्रकाशनको १ सय ७७ औँ प्रकाशनपुष्पका रूपमा ‘जून मामा’ नामक बालकवितासङ्ग्रह र १ सय ७८ औँ प्रकाशनपुष्पका रूपमा ‘धृतराष्ट्रको शुभकामना’ नामक व्यङ्ग्यकवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यी दुवै कृतिका कृतिकार हरि कोर्काली हुनुहुन्छ । हरि कोर्काली पूर्वप्रशासक हरिकृष्ण खतिवडाको साहित्यिक नाम हो । उहाँ भोजपुर जिल्लाका प्रतिभा हुनुहुन्छ । उहाँले यसअघि ‘नेपाल बन्द’ नामक कवितासङ्ग्रह प्रकाशन गराउनुभएको छ । ‘जून मामा’ मा प्रमोद प्रधानले र ‘धृतराष्ट्रको शुभकामना’ मा डा. गोविन्दराज भट्टराईले मन्तव्य लेख्नुभएको छ ।

‘मनमा नअटेका कुरा’ प्रकाशन हुने

0
सङ्खुवासभा जिल्लाका साहित्यकार लोकमान मास्केको कवितासङ्ग्रह ‘मनमा नअटेका कुरा’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुन लागेको छ । यस सङ्ग्रहमा उहाँका ७३ वटा गद्यकविता सङ्कलित छन् । यो सङ्ग्रह शब्दयात्रा प्रकाशनको १ सय ७६ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनले प्रतिवर्ष औसत १६ वटाका दरले पुस्तक प्रकाशन गर्ने गरेको छ ।

हार्दिक बधाई

0
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित समालोचना सम्मानबाट सम्मानित व्यक्तित्व दधिराज सुवेदी २०७९ सालको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार