कथा र कविताको सङ्ग्रह छापिँदै
सम्मानका लागि नाउँ पठाइदिन अनुरोध
कृतज्ञता कुभिन्डेलीप्रति
साहित्यकार भानुभक्त कुभिन्डेलीसँग भोजपुरको दाँवामा हाम्रो भेट भो । उहाँको स्वागत–सत्कार र स्नेहले हामीलाई भिजायो । उहाँले आदरपूर्वक आफ्ना पुस्तकहरू उपहारस्वरूप दिनुभो — इन्द्रेनीका रङ्गहरू (निबन्धसङ्ग्रह र अरू), भूतको राज्य (कथासङ्ग्रह), नेता प्राकाम्य ((छन्दोबद्ध कवितासङ्ग्रह), काँडाभित्रको यात्रा (उपन्यास), राधा समाधि (महाकाव्य), संस्मरणका क्षणहरू (संस्मरणसङ्ग्रह, भाग एक), महागुरु बलराम (काव्य) र Sighs of Separation (A Collection of Stories) । शब्दयात्रा प्रकाशनबाट वाङ्मयिक भ्रमणमा गएको टोली उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
शब्दयात्रा प्रकाशनको वाङ्मयिक भ्रमण सम्पन्न
शब्दयात्रा प्रकाशनको भ्रमण टोली पूर्वी नेपालका विभिन्न जिल्लाहरूको वाङ्मयिक भ्रमण गरी काभ्रेपलान्चोकमा फर्केको छ । सिन्धुली, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र उदयपुर हुँदै वाङ्मयिक टोली फर्केको हो । टोलीमा संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री, सदस्य कवि पदम दाहाल, सदस्य आख्यानकार प्रजापति तिमिल्सिना, सदस्य सञ्चारकर्मी शिव बन्जारा, सदस्य सफ्टवेयर इन्जिनियर रोशन अधिकारी, सदस्य मुद्रक अमृत अधिकारी, पुस्तक सज्जाकार गीता अधिकारी र शकुन्तला बन्जारा हुनुहुन्थ्यो । ओखलढुङ्गाको रुम्जाटार, खोटाङको दिक्तेल, भोजपुरको दावाँ र सङ्खुवासभाको खाँदबारीमा कार्यक्रमहरू गरिएका थिए । टोलीलाई इच्छाकुमारी गुरुङ, रामविक्रम थापा, भानुभक्त कुभिण्डेली, खेमबन्धु अधिकारी, डा. मातृका तिम्सिना, सुन्दरी घिमिरे खतिवडा, भोजराज रेग्मी मुखाले र केवल कार्कीले विशेष सहयोग गर्नुभएको थियो । टोलीका कार्यक्रमहरूमा साहित्यकारहरू श्रीराम गुरुङ, चित्रकुमार सुवेदी, गणेश श्रेष्ठ विप्लव, शरण खत्री मृदुल, अमृका ताम्राकार आदिको पनि सहभागिता रहेको थियो । वाङ्मयिक भ्रमण वैशाख ११ देखि १६ गतेसम्म भएको हो ।
स्वास्थ्य शिविरमा शब्दयात्रा प्रकाशन
अब ‘अठोट’ को पालो
शब्दयात्रा प्रकाशनबाट गीतकार लीलादेवी श्रेष्ठद्वारा लिखित नाट्यकृति ‘अठोट’ प्रकाशन हुने भएको छ । ‘अठोट’ लाई आगामी जेठ महिनामा सार्वजनिक गरिने लक्ष्य राखिएको छ । कृतिकार लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने ‘सङ्खुवासभा प्रतिभा पुरस्कार’ को आर्थिक व्यवस्थापक पनि हुनुहुन्छ ।
शिक्षासेवी रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन समिति गठन
हृदयतः समवेदना
शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित व्यक्तित्व डा. ओमवीरसिंह बस्न्यात दिवङ्गत हुनुभएको समाचार सुनेर हामी व्यथित बनेका छौँ र उहाँको आत्मा परमात्मामा समाहित होस् भन्ने कामना गर्दै शोकाकुल परिवारजनप्रति हृदयतः समवेदना व्यक्त गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दसञ्चारः चैत २९, २०७८
- Episode 97 – Shabda Sanchar 30:40
शब्दयात्रा प्रकाशनद्वारा नौ विधाको सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रम यही चैत २६ गते शनिबार बनेपामा सम्पन्न गरेको छ । नेपालका प्रसिद्ध विद्वान् लेखक डा. शास्त्रदत्त पन्त प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा भ्रष्टाचार निवारण शास्त्रका प्रणेता भरत जङ्गम सभापति रहनुभएको उक्त कार्यक्रममा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा रामकृष्ण कर्माचार्यलाई, वसन्त शर्मा कविता–काव्य सम्मानद्वारा मञ्जुललाई, पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. तुलसी भट्टराईलाई र जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा डा. गोविन्द टन्डनलाई सम्मान गरिएको थियो । यसै गरी मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा चन्द्रकला शाह, विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मानद्वारा मुक्तिनाथ शर्मा न्यौपाने, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मानद्वारा कपन–बानेश्वर साप्ताहिक पत्रिका, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मानद्वारा ॐकार टेलिभिजन र रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मानद्वारा पदमसागर कक्षपति सम्मानित हुनुभएको थियो । सम्मानित महानुभावहरूलाई रकम समर्पण आर्थिक व्यवस्थापकहरू कविप्रसाद प्याकुरेल, लालानाथ सुवेदी, राजेन्द्र विरही, द्रोणप्रसाद श्रेष्ठ, गोपाल पराजुली र हरिगोपाल प्रधानले गर्नुभएको थियो । सम्मान गर्दा रुद्राक्षको माला, रकम, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपलब्धि र गतिविधिहरू प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन रश्मि हुमागाईंले, सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, स्वराङ्कनको व्यवस्था र अभिवन्दनापत्र वाचन रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले, छायाङ्कन प्रकृति प्याकुरेलले, मञ्चस्थ महानुभावहरूलाई माला अर्पण अमृत अधिकारीले, चयन समितिका संयोजक र सदस्यलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सहदीप पलान्चोकेले, प्रमुख अतिथिलाई स्मृतिचिह्न समर्पण हरिगोपाल प्रधानले, आशीर्वचन सङ्कलन तथा स्वस्तिवाचनका रूपमा गणेश प्रार्थना शारदाप्रसाद शर्माले एवम् ब्राह्मणपूजन मच्छेश्वर सापकोटा र साधुराम गिरीले गर्नुभएको थियो ।
प्रा. केदारनाथ श्रेष्ठबाट सभाविसर्जन गरिएको उक्त कार्यक्रममा षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, जयदेव अधिकारी, मनका श्रेष्ठ र पद्मकला–भीमप्रसाद सुवेदीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।