Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...
HomeActivitiesस्वास्थ्य शिविरमा शब्दयात्रा प्रकाशन

स्वास्थ्य शिविरमा शब्दयात्रा प्रकाशन

यही २०७८ साल वैशाख १० गते शनिबार शब्दयात्रा प्रकाशन र डा. शिशिर बन्जाराको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं. १ मा पर्ने टुकुचा नालामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरको उद्घाटन सम्बन्धित वडा अध्यक्ष पीताम्बर दुलालले गर्नुभएको थियो । शिविरमा डा. शिशिर बन्जारासमेत ४ जना स्वास्थ्यकर्मीको टोलीले दिनभरि नै निःशुल्क स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँच गराउनेहरू १ सय १० जना थिए । शिविरमा केही औषधिहरू निःशुल्क वितरण गरिएको थियो । शिविरको उद्घाटन कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्यद्वय इ. रोशन मञ्जुश्री अधिकारी र प्रकृति प्याकुुरेल उपस्थित हुनुहुन्थ्यो । मन्तव्यका क्रममा अतिथि इ. रोशन मञ्जुश्री अधिकारीले यस्तो निःशुल्क स्वास्थ्य शिविरबाट लाभ उठाउन आग्रह गर्दै डा. शिशिर बन्जाराप्रति आभार प्रकट गर्नुभयो र यस्ता शिविरहरू शब्दयात्रा प्रकाशनबाट अन्यत्र पनि गरिने जानकारी गराउनुभएको थियो । शिविरको सम्पूर्ण व्यवस्थापन डा. शिशिर बन्जारा र सोनाली गौतमले गर्नुभएको थियो ।