Home Blog Page 84

मन

मन

प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखितथ ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित रहेर लेखिएका एघाह«वटा रचनाहरू छन् । आत्मपरक शैलीसमेत प्रयोग गरिएका यसभित्रका हरेक रचना एक–अर्कासँग अन्तर्सम्बन्धित रहेका हुनाले एकै बसाइमा पढ्न सकिन्छ र पढिसकेपछि यिनले पाठकको मनलाई उद्वेलित बनाएर सकारात्मक मनोविज्ञानको निर्माण गर्ने दिशामा महàवपूर्ण भूमिकासमेत निर्वाह गर्नेछन् ।

पुष्प सौगात

पुष्प सौगात

दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ ।

अक्षरहरूको बिस्कुन

अक्षरहरूको बिस्कुन

डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको गहनताले कविताहरूलाई उचाइ प्रदान गरेको छ । यसभित्रका कविताहरूलाई कविको जीवन–भोगाइ र त्यसबाट निष्पन्न दर्शनको अभिव्यक्तिका रूपमा लिन सकिन्छ । कविताहरूले ज्यादै मसिना विषयतन्तुहरूबाट तन्किँदै गएर कवितात्मक आकार लिएका हुनाले यसलाई कविको विशिष्ट दृष्टिचेतका रूपमा लिन सकिन्छ ।

परेली

परेली

कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा कथातन्तुलाई अघि बढाइएका सामाजिक यथार्थवादी कथाहरू रहेको यो सङ्ग्रह सहरिया र ग्रामीण एवं निम्नवर्गीय र निम्नमध्यमवर्गीय जनजीवनको सन्धिस्थल बनेको छ ।

कर्मयोद्धासँग शब्दसंवाद

कर्मयोद्धासँग शब्दसंवाद

‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको चिनारीको सङ्ग्रह हो । यस सङ्ग्रहले काभ्रे जिल्लाका कर्मयोद्धाहरूलाई चिन्न सहयोग गर्नेछ, इतिहासलाई अभिलेखबद्ध पनि गर्नेछ र विभिन्न क्षेत्रका कार्यसञ्चालकहरूलाई मार्गदर्शन पनि गर्नेछ ।

पुनर्जन्म

पुनर्जन्म

पूरा श्रेष्ठको दोस्रो कृति ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) भित्र ‘पुनर्जन्म’ शीर्षकका ४३ कविता सङ्कलित छन् । यी कवितालाई साहित्यिक मूल्यमान्यता र कवितामा हुनुपर्ने गुणगरिमाका दृष्टिले मात्रै नहेरी ९ कक्षासम्म पढेकी, विगत १२ वर्षदेखि शारीरिक रूपमा अत्यन्त अशक्त भएर सुतिरहेकी, बोल्न–हिँड्न नसक्ने, अरूको सहारामा बाँचिरहेकी, देब्रे हातको एउटा औँला मात्र चलाउन सक्ने चेलीको अथाह आत्मबलको परिणतिका रूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।

शाहवंशका चर्तिकला

शाहवंशका चर्तिकला

यस पुस्तिकामा रहेका सामग्रीका सङ्कलक विष्णुहरि तिमल्सिनाले सुस्त मनस्थितिका बालबालिकाहरूको हितका लागि विभिन्न समाजसेवी कार्य गरिरहनुभएको छ । त्यस्तै कार्यका लागि खर्च गर्न केही रकमको आवश्यकता पर्ने भएकाले यो पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिदिए यसलाई बिक्री गरेर सुस्त मनस्थितिका बालबालिकाको हितमा खर्च गर्ने थिएँ भन्नुभएको हुनाले यस पुस्तिकाको प्रकाशन गरिएको हो ।

Me and My Dhulikhel

Me and My Dhulikhel

If good planning, implementation, management and mobilization of locally available resources are done, then a combination of these factors rapidly excel the development of any place, even without active participation of government and donors. Dhulikhel has proved to be such an example. This is also the main theme of this book. I have taken this book as to be a short presentation of a lengthy work.

भर्तृहरि शतक

भर्तृहरि शतक

काव्यकार श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल, याज्ञवल्क्य) ले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिद्वारा लिखित तीन शतक (नीतिशतक, शृङ्गारशतक र वैराग्यशतक) लाई नेपाली भाषामा कवितात्मक भावानुवाद गर्नुभएको कृति नै प्रस्तुत ‘भर्तृहरि शतक’ हो ।

Sangam

Sangam

‘सङ्गम’ नेपाली भाषामा कविता लेख्ने ६४ जना कवि र कविताहरूको सङ्गम हो । नेपाली भाषाका कविताहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अनुवादक हरीश अधिकारीले यस सङ्ग्रहका माध्यमबाट नेपालीभाषी नेपाली साहित्यलाई विश्वबजारमा उपस्थित गराउन कस्सिने साहित्यसेवीहरूको पङ्क्तिमा आफूलाई पनि उभ्याउनुभएको छ । कवि र कविताहरूको चयनमा अनुवादककै विवेकको उपयोग गरिएको यस सङ्ग्रहले नेपालीभाषी निश्चित कालखण्डको कवितात्मक सौन्दर्यलाई अङ्ग्रेजीभाषी पाठकसमक्ष उपयुक्त स्वरूपबाट प्रस्तुत गरेको छ ।