Home Blog Page 79

अरूका आँखामा डा. इन्दुल

अरूका आँखामा डा. इन्दुल

शोधार्थीहरूको हितका लागि ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित ‘अरूका आँखामा डा. इन्दुल’ पुस्तिका डा. इन्दुल केसीसँग सम्बन्धित चार पुस्तक ‘भुइँचालो’, ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’, ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ र ‘डा. इन्दुल केसीको चौथो आयाम’ भित्र विभिन्न व्यक्तिहरूले डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वमाथि गरेका टिप्पणीको मूल अंशको सङ्कलन हो ।

स्पेनको यात्रा

स्पेनको यात्रा

युरोप महादेशमा पर्ने स्पेन । नाम सुनेर पनि धेरै नेपाली नपुगेको एउटा देश । त्यहाँका केही सहरहरूमा भ्रमण गर्ने मौका पाएका बेला देखेका, थाहा पाएका र अनुभव गरेका कुराहरूलाई लिपिबद्ध गरी केदारनाथ तिमल्सिनाले तयार पारेको पुस्तिका हो ‘स्पेनको यात्रा’ । सरल शैलीमा रोचक घटनाहरू प्रस्तुत भएका छन् यसमा । छोटो भए पनि नयाँ जानकारीहरू दिन, थोरै कुरामा धेरै कुराहरू थाहा दिन, अनि स्पेनका केही स्थान, प्राकृतिकता, सामाजिकता, विकास–निर्माण, प्रचलन आदिका विषयमा रोचक ढङ्गमा प्रस्तुत गर्न यो पुस्तिका सफल रहेको छ ।

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

‘श्रीस्वस्थानी व्रतकथा’ का प्रायः पुस्तकहरू भारतको बनारसबाट छापिएर आएका या तिनै पुस्तकलाई केही परिमार्जित गरेर नेपालबाट छापिएका हुन्थे । तर यो ‘श्रीस्वस्थानी व्रतकथा’ ‘थ्यासफू’ (हस्तलिखित पुस्तक) का आधारमा नेपाल भाषामा तयार पारिएका ‘श्रीस्वस्थानी व्रतकथा’ लाई नवीना श्रेष्ठबाट नेपाली भाषामा अनुवाद र सम्पादन गरिएको हो । यो पुस्तक पढ्दा पाशुपत क्षेत्रको कथा पढेजस्तो लाग्छ र सतीदेवीका अङ्गहरू पतन भएर उत्पन्न भएका शिवलिङ्ग र पीठहरूको वर्णनका आधारमा मौलिक ‘श्रीस्वस्थानी व्रतकथा’ यही हो भन्न सकिन्छ ।

वेद के भन्छ ? (सारसङ्ग्रह)

वेद के भन्छ ? (सारसङ्ग्रह)

ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’ को अध्ययनबाट हजारौँ वर्षपहिलेका हाम्रा पूर्वजहरूको चिन्तन–मननको स्तर कति माथि रहेछ, ‘कृण्वन्तो विश्वमार्यम्’ भनेर साधिकार भन्न सक्ने हैसियत कसरी बनेको रहेछ, विश्वकल्याणको उदात्त भावना कसरी जागरण भएको रहेछ, ईश्वरसँग साक्षात्कार र संवाद कसरी हुँदो रहेछ र हामीले आफूलाई भौतिक विधाका विभिन्न क्षेत्रमा विकसित बनेको मानेर उत्तरआधुनिक भइसकेको ठाने पनि हाम्रा पूर्वजहरूको चिन्तनको स्तरभन्दा हाम्रो चिन्तनको स्तर कति तल रहेछ भन्ने बुझ्न सकिन्छ ।

वेद के भन्छ ? (सारसङ्ग्रह)

तारतमरस (पाठपारायण)

तारतमरस (पाठपारायण)

‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका शब्दयात्रा प्रकाशनका लागि सम्मान र छात्रवृत्तिका लागि अक्षयकोषको व्यवथा गरिदिने, सालिकका लागि अर्थसङ्कलन गरिदिने र पुस्तक प्रकाशन गर्ने मौका दिने द्रोणप्रसाद श्रेष्ठका विषयमा गीता मञ्जुश्रीले लेख्नुभएको हो । यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ

‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका शब्दयात्रा प्रकाशनका लागि सम्मान र छात्रवृत्तिका लागि अक्षयकोषको व्यवथा गरिदिने, सालिकका लागि अर्थसङ्कलन गरिदिने र पुस्तक प्रकाशन गर्ने मौका दिने द्रोणप्रसाद श्रेष्ठका विषयमा गीता मञ्जुश्रीले लेख्नुभएको हो । यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

भोजप्रबन्ध

भोजप्रबन्ध

‘भोजप्रबन्ध’ अत्यन्त चर्चित साहित्यिक कृति हो । संस्कृत भाषामा लिखित यो कृति हिन्दीलगायत अन्य भाषाहरूमा अनूदित भई प्रकाशित भइसकेका छन् । यसै क्रममा श्रीधर प्याकुरेलले चम्पू विधाको यस कृतिलाई नेपाली भाषामा प्रस्तुत गर्नुभएको हो । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामा धारावाहिक रूपमा प्रकाशन भइसकेको यस कृतिले नेपाली वाङ्मयप्रेमीहरू प्रशस्त लाभान्वित हुने भएकाले यस पुस्तकको प्रकाशन गर्ने जमर्को गरेको हो ।

बत्तीस कर्मयोद्धा

बत्तीस कर्मयोद्धा

साहित्य, पत्रकारिता, प्रशासन, प्राकृतिक चिकित्सा, ज्योतिष, शिक्षा, व्यापार–व्यवसाय, अध्यात्म र इन्जिनियरिङ विधाका कर्मयोद्धाहरूमध्ये ३२ जना कर्मयोद्धाका परिचयात्मक जीवनगाथाहरू यसमा राखिएका छन् । व्यक्तिकेन्द्रित विवरणहरू छोटा–छोटा भए पनि तिनीहरूले सम्बन्धित व्यक्तिको जीवनवृत्त उतार्न सकेका छन् । दुईजना लेखकका छुट्टै खण्ड बनाइएकाले कसको लेखन कस्तो छ भन्ने कुराको जानकारी पनि यसबाट पाउन सकिन्छ ।

मान्छे, प्रकृति र भेगन

मान्छे, प्रकृति र भेगन

‘मान्छे, प्रकृति र भेगन’ साधुराम गिरीका कविता, संस्मरण र लेखहरूको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई बिरौँलासङ्ग्रह नाम दिइएको छ । यस सङ्ग्रहमा रचनाकारका विविध विचार, भाव र दृष्टिकोण मुखरित भएका छन् । मानव–जीवनले अँगाल्नुपर्ने सकारात्मक पक्षको चर्चा यस सङ्ग्रहका रचनामा गरिएको छ । शब्दयात्रा प्रकाशनबाट यसअघि पनि बिरौँलासङ्ग्रहहरू प्रकाशित भएका छन् । त्यसै क्रममा यो पुस्तक पनि प्रस्तुत भएको छ ।

डा. इन्दुल केसीको चौथो आयाम

डा. इन्दुल केसीको चौथो आयाम

शब्दयात्रा प्रकाशनका पाठकहरूका लागि डा. इन्दुल केसी प्रिय र पारिवारिक व्यक्तित्वजस्तै हुनुहुन्छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँका विषयमा ‘डा. इन्दुल केसीको चौथो आयाम’ पुस्तकको सम्पादन गर्नुभएको हो । यस पुस्तकमा समाविष्ट सत्रजना लेखक–संस्मरणकारहरूमध्ये तीनजना अनिल वाग्ले, डा. गोविन्दशरण उपाध्याय र डा. सत्यमोहन जोशीबाहेक अरूचाहिँ शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा जोडिएका व्यक्तित्व पर्नुभएको छ ।