अरूका आँखामा डा. इन्दुल

शोधार्थीहरूको हितका लागि ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित ‘अरूका आँखामा डा. इन्दुल’ पुस्तिका डा. इन्दुल केसीसँग सम्बन्धित चार पुस्तक ‘भुइँचालो’, ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’, ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ र ‘डा. इन्दुल केसीको चौथो आयाम’ भित्र विभिन्न व्यक्तिहरूले डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वमाथि गरेका टिप्पणीको मूल अंशको सङ्कलन हो ।