Home Blog Page 59

सिक्किमे साहित्यकारबाट शब्दसाधक तीर्थको अवलोकन

0

सिक्किमको गान्तोकबाट काठमाडौँ आउनुुभएका नेपाली भाषा–साहित्यसेवी लेखक, अन्वेषक तथा सांस्कृतिक–आध्यात्मिक अभियन्ता राजेन शिवाकोटीले बनेपामा आएर शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयका लागि गरेको सुकार्यको चर्चा सुनेकाले शब्दसाधक तीर्थ हेर्न लालायित भएर बनेपा आइपुगेको कुरा उहाँले बताउनुभयो । उहाँलाई संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै शब्दयात्रा प्रकाशनका तर्फबाट केही पुस्तक उपहार दिनुभयो । उहाँहरूले अक्षरधाममा बसेर दुई घण्टाजति साहित्यिक वार्तालाप पनि गर्नुभएको थियो । 

सरस्वतीको पूजा सम्पन्न

0

शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दयात्रा शारदा मन्दिरमा आज सरस्वतीपूजाका दिन माता सरस्वतीको विधिवत पूजा सम्पन्न भएको छ । संस्थाका तर्फबाट आजीवन सदस्य कृष्णमणि कुइकेलले यजमान बनेर पूजा सम्पन्न गर्नुभएको हो । 

रोल्पाली कविको पहिलो महाकाव्य शब्दयात्राबाट

0

रोल्पा जिल्लामा जन्मनुभएका कवि खेमराज शर्माको महाकाव्य ‘माण्डवी’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा मुद्रण हुन लागेको छ । यस महाकाव्यभित्र माओवादी जनयुद्धको विषयले प्रवेश पाएको छ । अधिकांश श्लोकहरू अनुष्टुप छन्दमा छन् । यस महाकाव्यलाई यही माघ महिनाको अन्तिम साता सार्वजनिक गर्ने योजना छ । यो उहाँको सातौँ कृति हो । यसअघि उहाँले भोको पेट (खण्डकाव्य), दोमाई (उपन्यास), वीरे (खण्डकाव्य), छोरी (उपन्यास), गाउँको मुक्ति (गीतिनाटक) र बूढाको अर्ती (बालहितोपदेश) नामक कृतिहरू लेखेर प्रकाशन गराइसक्नुभएको छ । रोल्पा जिल्लाका साहित्यस्रष्टाबाट लेखिएको यो पहिलो महाकाव्य हो । 

१०८ शिवलिङ्ग स्थापना गरिने

0

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्य अघि बढाइएको छ । शिवलिङ्गको स्थापना बनेपा नगरपालिका वडा नं. ६ मा पर्ने नीलकण्ठेश्वर महादेवको परिसरभित्र गरिने भएको छ । केही शिवलिङ्गहरू ल्याइसकिएको छ । आगामी साउन महिनासम्ममा १०८ शिवलिङ्ग स्थापना गरिसक्ने गरी नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेल सक्रिय हुनुभएको छ । उहाँका अनुसार शिवलिङ्गको निर्माणदेखि स्थापना र शिलालेख राख्नेसम्मको कार्य गर्न एक शिवलिङ्ग बराबर १५ हजार रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति गठन

0

शब्दयात्रा प्रकाशनले आजीवन सदस्य भावना थापाको संयोजकत्वमा आजीवन सदस्य प्रदीप केसी र आजीवन सदस्य निर्मला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ गठन गरेको छ । ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ लाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न, सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गराउन, विद्वतवृत्तिको व्यवस्था गर्न, उहाँका कृतिहरू र उहाँका विषयमा गरिएका अनुसन्धानहरूको प्रकाशन तथा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन उपसमितिको गठन गरिएको हो । उपसमितिमा सदस्य थप गर्नुपरे तीन सदस्यीय उपसमितिले आजीवन सदस्यमध्येबाट दुईजनासम्म थपेर सञ्चालक समितिबाट अनुमोदन गराउने निर्णय गर्दै शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन कार्यविधि निर्देशिका, २०७९’ पनि पारित गरेको छ । सभाकक्ष सञ्चालन उपसमितिमा रहनुभएकोमा भावना थापा, प्रदीप केसी र निर्मला श्रेष्ठमा हार्दिक बधाई छ ।

एकैपटक पाँच महाकाव्य सार्वजनिक

0
आज शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक कोसीदेखाका ८० वर्षीय यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’, ‘राधाचरणामृत, ‘भगवतीचरणामृत’, ‘श्रीकृष्णचरणामृत’ र ‘कृपालुचरणामृत’ नामका पाँचवटा महाकाव्य एकसाथ सार्वजनिक गरायो । कार्यक्रमका प्रमुख अतिथि षट्कृतिकाका रूपमा समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापा, काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका सदस्य तथा प्रवक्ता अप्सरा ढुङ्गाना, धुलिखेल नगरपालिकाका पूर्वउपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिकाका पूर्वउपप्रमुख लक्ष्मी दनुवार, मन्डन देउपुर नगरपालिकाका पूर्वउपप्रमुख निर्मला शाही र नमोबुद्ध नगरपालिकाका पूर्वउपप्रमुख रामदेवी तामाङ हुनुहुन्थ्यो । उहाँहरूले पाँचैवटा महाकाव्य एकसाथ सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न आजको कार्यक्रममा महाकाव्यकारको चिनारी कृष्णमणि कुइकेलले, महाकाव्यमाथि टिप्पणी शारदाप्रसाद शर्माले, स्वागत मन्तव्यका साथै प्रमुख अतिथिहरूको चिनारी शिव बन्जाराले र कार्यक्रम सञ्चालन प्रदीप केसीले गर्नुभएको थियो । कार्यक्रममा महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीलाई अभिनन्दन पनि गरिएको थियो । अभिनन्दनका क्रममा ढुण्डिराज पोखरेलले पुष्पमाला, हरि मञ्जुश्रीले रुद्राक्षमाला, प्रजापति तिमिल्सिनाले उपहार, चन्द्रबहादुर खड्काले शब्दयात्रा पट्ट र रामप्रसाद अधिकारीले किरीट लगाइदिनुभएको थियो भने अभिवन्दनापत्रको वाचन पदम दाहालले र अभिवन्दनापत्र हस्तान्तरण सावित्री जङ्गम थापाले गर्नुभएको थियो । कृतिकारकी अर्धाङ्गिनी गङ्गादेवी त्रिपाठीलाई डा. इन्दुल केसीले पुष्पमाला, हरि मञ्जुश्रीले रुद्राक्षमाला, प्रमुख अतिथिहरूले पुस्तक र सावित्री जङ्गम थापाले पछ्यौरा समर्पण गर्नुभएको थियो । कार्यक्रममा महाकाव्यकारले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि गोविन्दबहादुर खड्काले कविता वाचन गर्नुभएको थियो । सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, छायाङ्कन तथा ध्वन्याङ्कन प्रकृति प्याकुरेलले, प्रमुख अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण निर्मला श्रेष्ठले, स्वस्तिवाचन केदारनाथ तिमल्सिनाले, ब्राह्मणपूजन श्री शर्मा मूर्खले, कार्यक्रमको समुद्घाटन शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले र कार्यक्रमलाई समीक्षासहित विसर्जन गीतिभास्कर मच्छेश्वर सापकोटाले गर्नुभएको थियो । 

योगी नरहरिनाथको योगदान विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ‘नेपालको इतिहाससम्बन्धी अनुसन्धानमा योगी नरहरिनाथको योगदान’ विषयमा आयोजित प्रवचन कार्यक्रममा गत पुस २६ गते प्रमुख वक्ताका रूपमा प्रवचन गर्नुभयो। उहाँले त्यस विषयमा एक घन्टा बोल्नुभएको थियो । उहाँको प्रवचनपछि विभिन्न विद्वानहरूले टिप्पणी गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सुवर्ण कर्माचार्यले र समापन राम नेपालले गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनलाई आभारपत्र

0

शब्दयात्रा प्रकाशनलाई सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आभारपत्र पठाएको छ । आभारपत्रमा लामो समयदेखि नेपाली भाषा, साहित्य, कला, शिक्षा लगायत विभिन्न विधामा उल्लेख्य योगदान गर्ने कर्मवीरहरूको सम्मान, अभिनन्दन र पुरस्कार समर्पण तथा कृति प्रकाशन जस्ता अनेकानेक सुकर्म गरेको कुरा उल्लेख गर्दै यस कार्यका लागि साधुवाद अर्पण गरी उत्तरोत्तर प्रगति र सुयशको कामना गरिएको छ । आभारपत्रमा २०७९।९।१२ मा बसेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटको व्यवस्थापन समितिको बैठकले कुशल शैक्षिक प्रशासक र आदर्श शिक्षकको गरिमा कायम गरेका सिद्धार्थ वनस्थली इन्स्टिच्युटको व्यवस्थापन समितिका सदस्य रामप्रसाद अधिकारीको सार्वजनिक सम्मान र ‘आदर्श शिक्षक (अभिनन्दनग्रन्थ)’ प्रकाशन गरी उहाँको जीवनकालमै कदर गर्ने वन्दनीय कार्यका लागि धन्यवाद पनि व्यक्त गरिएको छ । पत्रमा प्राचार्य नारायण निरौलाले हस्ताक्षर गर्नुभएको छ ।

अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति गठन

0

शब्दयात्रा प्रकाशनले आजीवन सदस्य भावना थापाको संयोजकत्वमा आजीवन सदस्य प्रदीप केसी र आजीवन सदस्य निर्मला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ गठन गरेको छ । ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ लाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न, सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गराउन, विद्वतवृत्तिको व्यवस्था गर्न, उहाँका कृतिहरू र उहाँका विषयमा गरिएका अनुसन्धानहरूको प्रकाशन तथा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन उपसमितिको गठन गरिएको हो । उपसमितिमा सदस्य थप गर्नुपरे तीन सदस्यीय उपसमितिले आजीवन सदस्यमध्येबाट दुईजनासम्म थपेर सञ्चालक समितिबाट अनुमोदन गराउने निर्णय गर्दै शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन कार्यविधि निर्देशिका, २०७९’ पनि पारित गरेको छ । सभाकक्ष सञ्चालन उपसमितिमा रहनुभएकोमा भावना थापा, प्रदीप केसी र निर्मला श्रेष्ठमा हार्दिक बधाई छ ।

सभाकक्ष सञ्चालन उपसमिति गठन

0

शब्दयात्रा प्रकाशनले संस्थापक सदस्य सकुल थापाको संयोजकत्वमा आजीवन सदस्य कृष्णमणि कुइकेल र आजीवन सदस्य शिव बन्जारा सदस्य रहेको तीन सदस्यीय ‘शब्दयात्रा शारदा थापा सभाकक्ष सञ्चालन उपसमिति’ गठन गरेको छ । कृष्णमणि कुइकेलले शब्दयात्रा प्रकाशनका लागि दान गर्नुभएको जग्गामा सकुल थापाले आफ्नी आमा शारदा थापाको स्मृति र सम्मानमा निर्माण गरिदिनुभएको सभाकक्षको सञ्चालन तथा मर्मत–सम्भार आदिको प्रबन्ध मिलाउन उपसमितिको गठन गरिएको हो । उपसमितिमा सदस्य थप गर्नुपरे तीन सदस्यीय उपसमितिले आजीवन सदस्यमध्येबाट दुईजनासम्म थपेर सञ्चालक समितिबाट अनुमोदन गराउने निर्णय गर्दै शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले ‘शब्दयात्रा शारदा थापा सभाकक्ष सञ्चालन कार्यविधि निर्देशिका, २०७९’ पनि पारित गरेको छ । सभाकक्ष सञ्चालन उपसमितिमा रहनुभएकोमा सकुल थापा, कृष्णमणि कुइकेल र शिव बन्जारामा हार्दिक बधाई छ ।