लीलादेवी श्रेष्ठद्वारा लिखित ‘व्यथाको कथा’ नामक कथासङ्ग्रहमा पाँचवटा कथा छन् । सबै कथा पारिवारिक विषयवस्तु रहेका सामाजिक कथा लाग्छन् । पाठकको मनलाई भित्रभित्रै उद्वेलित बनाउन र पढिसकेपछि निकै बेर घोरिन बाध्य पार्ने यी कथाहरूले पाठकलाई राम्रो सन्देश पनि दिएका छन् । परिवार र समाजमा देखिने र देखिएका बेथिति र विसङ्गति, समाजको गलत व्यवहारले निम्त्याएको मानसिक विचलन, बालमनोविज्ञान, नारीका वेदना आदि विषयले यसभित्रका कथालाई पठनीय र मर्मस्पर्शी बनाएका छन् ।
शब्दयात्रा विषयक कवितावाचन कार्यक्रम सम्पन्न
चौध गते कविता वाचन र छात्रवृत्ति वितरण
दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति १० जनालाई
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलान्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई प्रदान गर्ने भएको छ । विद्यार्थीहरू कक्षा १ देखि १० सम्मका छन् । गरिब तथा जेहेन्दार विद्यार्थीहरूको नाउँ सम्बन्धित विद्यालयले नै सिफारिस गरेको हुनाले त्यसैका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको हो । शब्दयात्रा प्रकाशनबाट २०८१ सालको शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति पाउने विद्यार्थीहरू बालआदर्श माध्यमिक विद्यालय खोपासीमा अध्ययनरत अङ्कुश गुप्ता (कक्षा १), राजेश तामाङ (कक्षा २) र चमेली तामाङ (कक्षा ३), आजाद माध्यमिक विद्यालय बनेपामा अध्ययनरत सुदीप तामाङ (कक्षा ४), अमित बुढाथोकी (कक्षा ५) र एसिका धमला (कक्षा ६), चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नालामा अध्ययनरत मिलन वाइबा (कक्षा ७) र सङ्गीता घिसिङ (कक्षा ८) तथा शिक्षासदन माध्यमिक विद्यालय बनेपामा अध्ययनरत सलिना अन्सारी (कक्षा ९) र विशाल परियार (कक्षा १०) रहेका छन् । यस छात्रवृत्तिका लागि आवश्यक रकम आफ्ना मातापिताको स्मृति र सम्मानमा काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शेखरप्रसाद ढुङ्गानाले उपलब्ध गराउनुभएको हो ।
सातजनालाई छात्रवृत्ति प्रदान
सात साधक सम्मानित
ललितपुर जिल्लाका प्रतिभाका लागि अक्षयकोष स्थापना
क्यान्सरपीडित कविलाई इ. रोशन मञ्जुश्रीबाट सहयोग
क्यान्सरपीडित कवि नवराज न्यौपानेलाई ५ सय रुपियाँ मूल्यको उहाँको कवितासङ्ग्रह (सपनाका लहरहरू — तेस्रो भाग) १० प्रति ५ हजार रुपियाँमा किनिदिएर शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले सहयोग गर्नुभएको छ । त्यत्तिकै आर्थिक सहयोग नलिने, सहयोग गर्न चाहेमा पुस्तक किनिदिनुपर्ने भनाइ कविका परिवारजनबाट आएको हुनाले शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषको रकम खर्च नहोस् भनेर उहाँले आफ्नै खर्चमा पुस्तक किनिदिनुभएको हो । ती पुस्तकहरू उहाँले सम्मान समर्पण समारोहमा सम्मानित ७ जनालाई ७ प्रति र शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ३ प्रति प्रदान गर्नुभएको छ । यस्तो उदार सहयोगका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

