Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesसात साधक सम्मानित

सात साधक सम्मानित

शब्दयात्रा प्रकाशनले विशेष समारोहको आयोजना गरेर साधकहरू डा. मुकेश चालिसे, सुवास तामाङ, किरण थापा, किरण आचार्य पौडेल, चूडाप्रसाद चौलागाईं, सिर्जना खनाल र रामलाल श्रेष्ठलाई सम्मान समर्पण गरेको छ । यो समारोह २०८१ सालको पहिलो चरणको हो । समारोहमा हरि मञ्जुश्रीको सञ्चालन, जयनारायण नेपालको सभापतित्व, इ. रोशन अधिकारीको छायाङ्कन, सकुल थापाको सामग्री व्यवस्थापन र कृष्णमणि कुइकेलको स्वागत भाषण रहेको थियो । सम्मान गर्ने कार्यमा हरि मञ्जुश्री, चट्याङ मास्टर, डा. इन्दुल केसी, प्रा. केदारनाथ श्रेष्ठ, रामप्रसाद अधिकारी, पशुपतिमान प्रधान, गीता अधिकारी, केदारनाथ तिमल्सिना, निर्मला श्रेष्ठ, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ, जयराम श्रेष्ठ र अमृत अधिकारी संलग्न हुनुहुन्थ्यो ।