Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्रा विषयक कवितावाचन कार्यक्रम सम्पन्न

शब्दयात्रा विषयक कवितावाचन कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज असार १४ गते शुक्रबार ‘शब्दयात्रा’ विषयक कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. इन्दुल केसी, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, गोविन्दबहादुर खड्का, डा. छत्रपति दाहाल, जयनारायण नेपाल, जुमन किरण, ढुण्डिराज पोखरेल, नवीना श्रेष्ठ, पदम दाहाल, प्रकाश उज्ज्वल बनेपा, पुण्यवती घले, पूर्णबहादुर कार्की, भवानी पाण्डे, मच्छेश्वर सापकोटा, राजेन्द्रप्रसाद भट्टराई, वेदकुमारी न्यौपाने, शारदाप्रसाद शर्मा, शिव बन्जारा, श्रीराम पौडेल उदासी र सहदीप पलान्चोकेका कविताहरू वाचन गरिएका थिए । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसीको सभापतित्व र कवि कलानिधि दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको प्रारम्भ संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले, समुद्घाटन गीतिभास्कर मच्छेश्वर सापकोटाले र स्वागत भाषण कृष्णमणि कुइकेलले गर्नुभएको थियो भने कवितावाचन कार्यक्रमको संयोजन डा. छत्रपति दाहालले गर्नुभएको थियो । कवितावाचन कार्यक्रमका संयोजक डा. छत्रपति दाहाल र प्रमुख अतिथि कवि कलानिधि दाहाललाई शब्दयात्रा प्रकाशनका तर्फबाट अमृत अधिकारीले उपहार समर्पण गर्नुभएको उक्त कार्यक्रममा कवितावाचन गर्ने कविहरूलाई मोहनप्रसाद खनालको पद्यकवितासङ्ग्रह ‘मेरा पद्यात्मक पाइलाहरू’ उपहार समर्पण गरिएको थियो । प्रमुख अतिथि कलानिधि दाहालले कवितावाचन र कार्यक्रमको समीक्षा गरी कार्यक्रमलाई विसर्जन गर्नुभएको थियो ।