हरिशयनी एकादशीमा आज २०८१ साल साउन २ गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा पुष्परोपण कार्यक्रम गरियो । अग्रज पत्रकार बलदेव थापा र उहाँकी छोरी पविता थापाले तुलसी, बेलपत्र, अमलाका अतिरिक्त विभिन्न फूलका बिरुवाहरू भक्तपुरबाट ल्याउनुभएको थियो । केही बिरुवा केदारनाथ तिमल्सिनाले ल्याउनुभएको थियो । ती बिरुवाहरू बलदेव थापा, पविता थापा, हरि मञ्जुश्री, कृष्णमणि कुइकेल, डा. छत्रपति दाहाल, मच्छेश्वर सापकोटा, केदारनाथ तिमल्सिना, पदम दाहाल, डा. इन्दुल केसी, चूडाप्रसाद चौलागाईंले रोप्नुभएको थियो ।
सुमित्रा चौलागाईंलाई दूरदर्शी नेतृत्व पुरस्कार समर्पण गरिने
मानव कल्याण समाज (सेवाघर) का संस्थापक अध्यक्ष समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीले कोषको व्यवस्था गर्नुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा समाजसेवी सुमी मानवप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
ललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने
बलदेव थापाबाट अतिथिगृहका लागि भान्साका सामान प्रदान
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट बनेपाको शब्दसाधक तीर्थमा संयुक्त रूपमा सञ्चालित शब्दसाधक अतिथिगृहको भान्साका लागि आवश्यक पर्ने सामग्रीहरू अग्रज पत्रकार बलदेव थापा (गुन्डू, भक्तपुर) ले प्रदान गर्नुभएको छ । उहाँले ग्यास सिलिन्डर र ग्यास चुलोसहित ७ जनासम्मको भान्साका लागि आवश्यक पर्ने भाँडाकुँडाहरू सहयोगस्वरूप प्रदान गर्नुभएको हो । ती सामग्रीहरू शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य सकुल थापाले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन अग्रज पत्रकार बलदेव थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
प्रेमकण्ठ माकजूलाई सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने
महात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने
पाशुपत योगका प्रचारक महात्मा सुशील (ललितपुर) लाई ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा महात्मा सुशीलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
प्रोल्लास सिन्धुलीयलाई सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने
साहित्यकार प्रोल्लास सिन्धुलीय (सिन्धुली) लाई ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि विभिन्न महानुभावहरूको सहयोग लिएर शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा कवि प्रोल्लास सिन्धुलीयप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
राप्रउ पोखरेललाई महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने
लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल, बिजलपुरा, बर्दिबास, महोत्तरी) लाई ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोषको व्यवस्था गरिदिएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा साहित्यकार राप्रउ पोखरेलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
चयन गर्ने काम ‘पारस्परिक सेवा समन्वय सन्जाल’ को
शब्दयात्रा प्रकाशनले यही साउन महिनामा समर्पण गर्ने सात विधाका पुरस्कारका लागि पुरस्करणीय व्यक्तित्व चयन गरिदिन ‘पारस्परिक सेवा समन्वय सन्जाल’ लाई आग्रह गरेको छ । शब्दयात्रा प्रकाशनको सूचना बमोजिम पुरस्करणीय व्यक्तिहरूको नाउँ र योगदानको विवरण विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त भइरहेका छन् । यही असार २० गतेसम्म प्राप्त हुने नाउँहरूमध्येबाट उक्त सन्जालका सदस्यहरू सम्मिलित बैठकले हरेक पुरस्कारका लागि एक–एक व्यक्ति वा संस्थाको नाउँ निर्णय गर्नेछ । त्यस बैठकमा निर्णय गरिएका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्नेछ । पुरस्करणीय व्यक्तिको चयन गरिदिन हाम्रो आग्रह स्वीकार गरिदिएकोमा ‘पारस्परिक सेवा समन्वय सन्जाल’ प्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

