Home Blog Page 190

बधाई तथा आभार

0

शब्दयात्रा प्रकाशनका अभिभावक, नेपालका शैक्षिक शिरोभूषण, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा ललितपुरको खुमलटारमा अवस्थित युलेन्स स्कुलबाट गत २०७४ कार्तिक २५ गते शनिबार सम्मानित हुनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
युलेन्स स्कुलले आईबीडीपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम) कोर्स सञ्चालनका लागि निर्माण गरेको नयाँ भवनको नाम नै ‘प्रा. डा. सुरेशराज शर्मा भवन’ राखेको छ । शब्दयात्रा प्रकाशन यस निर्णयका लागि युलेन्स स्कुलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार

वक्ता जनकपुरमा श्रोता बनेपामा

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छत्तीसौँ शृङ््खलामा प्रमुख वक्ताका रूपमा निर्मला काफ्ले प्रस्तुत हुनुभयो । गत २०७४ कार्तिक २४ गते शुक्रबार विष्णुहरि तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो, तर प्रमुख वक्ता भने जनकपुरमा हुनुहुन्थ्यो । जनकपुरबाटै उहाँले प्रवचन गर्नुभयो र बनेपाको सभाकक्षमा बसेका श्रोताहरूले सुन्नुभयो । कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले प्रमुख वक्ताको परिचय श्रोताहरूसँग गराउनुभएको थियो । ‘शब्दसंवाद’ ले गरेको यस प्रकारको यो पहिलो कार्यक्रम हो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, दीक्षा घिमिरे, श्री शर्मा मूर्ख, फणीन्द्रराज अधिकारी, पूर्णबहादुर कर्माचार्य आदिको उपस्थिति रहेको थियो ।

शब्दयात्राबाट ‘लक्ष्मीभक्तको कविता’

0

 

शब्दयात्रा प्रकाशनबाट ‘लक्ष्मीभक्तको कविता’ नामक कृति प्रकाशित हुने भएको छ । लक्ष्मीभक्त अधिकारीद्वारा २००५ सालमा लेखिएको यो कृति पहिलोपटक प्रकाशन हुन लागेको हो ।
‘लक्ष्मीभक्तको कविता’ को सम्पादन कवि दुर्गाप्रसाद अधिकारीले गर्नुभएको हो । यसमा समीक्षक डा. नन्दीश अधिकारीले मन्तव्य लेख्नुभएको छ । गोपाल अधिकारीको आर्थिक सौजन्यबाट प्रकाशन हुन लागेको यस कृतिका कृतिकार लक्ष्मीभक्त अधिकारी कवि नन्दिकेश्वर अधिकारीका छोरा हुनुहुन्छ ।
स्मरणीय छ कवि नन्दिकेश्वर अधिकारीको नाउँमा शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को स्थापना गरेको छ ।

हार्दिक समवेदना

0

 

शब्दयात्रा प्रकाशन लेखक समाजका सदस्य उद्धवप्रसाद नेपालका पिता चक्रपाणि नेपाल (जन्म ः १८ वैशाख १९९२, देहावसान ः १८ कार्तिक २०७४) धामगमन गरी असंसारी हुनुभएकोमा गतात्माको मुक्तिका लागि प्रार्थना गर्दछौँ र शोकविह्वल संसारी पारिवारिक सहृदयीजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

 

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ बाट २०७० सालमा सम्मानित शिक्षासेवी प्रा. डा. सीताराम अधिकारीकी ममतामयी माता नन्दकुमारी अधिकारी (जन्म ः १५ भाद्र १९७६, देहावसान ः १५ कार्तिक २०७४) देहमुक्त हुनुभएकोमा मुक्तात्माप्रति श्रद्धाभाव अर्पण गर्दै शोकविह्वल परिवारजनप्रति हृदयतः समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन

वास्तविकता यो हो

0

अन्वेषक डिल्लीराम मिश्रद्वारा लिखित ‘नेपाली पुरस्कारको इतिहास’ ग्रन्थमा शब्दयात्रा प्रकाशनका विषयमा उल्लेख गरिएकोमा यो संस्था अन्वेषकप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै, उक्त पुस्तकमा गीता मञ्जुश्रीको तस्बिर दिई त्यसको मुनि ‘संस्थापक गीता मञ्जुश्री’ छापिएको हुँदा त्यसबाट भ्रम उत्पन्न हुन सक्ने भएकाले शब्दयात्रा प्रकाशनको संस्थापक गीता मञ्जुश्री नभएको र उहाँ ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को आर्थिक व्यवस्थापक मात्र भएको जानकारी गराउन चाहन्छौँ ।

शब्दयात्रा प्रकाशन

‘अविस्मरणीय जात्रा जमैकाको यात्रा’

0

शब्दयात्रा प्रकाशनले ‘अविस्मरणीय जात्रा जमैकाको यात्रा (संस्मरण र मूल्याङ्कन)’ नामक पुस्तक प्रकाशित गर्ने भएको छ । द्रोणप्रसाद श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा १८ वटा निबन्ध तथा संस्मरणहरू सङ्गृहीत छन् । गणेश रसिक र श्रीओम श्रेष्ठ ‘रोदन’ को भूमिका रहने यस पुस्तकमा रानी जगदम्बा, शरद्चन्द्र शर्मा, हिरण्य भोजपुरे, बुद्धिनारायण श्रेष्ठ, हरि मञ्जुश्री, शशि भण्डारी, चण्डिप्रसाद श्रेष्ठ, सरला कायस्थ, मनका श्रेष्ठ, महालक्ष्मी श्रेष्ठ आदिका विषयमा लिखित निबन्धहरूका अतिरिक्त जमैका, अमेरिका आदिको भ्रमणवृत्तान्त र अन्य लेखहरू रहेका छन् ।
शब्दयात्रा प्रकाशनले यसअघि द्रोणप्रसाद श्रेष्ठको ‘रचनापछिको विवेचना’ पुस्तक पनि प्रकाशित गरिसकेको छ ।

शब्दयात्रालाई आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनद्वारा निर्माण गरिने शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको सहयोगार्थ शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काले दस हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले यसअघि सालिकको निर्माण र शब्दयात्रा घुम्ती पुस्तक पसलका लागि पनि आर्थिक सहयोग गर्नुभएको थियो ।

उद्धवप्रसाद नेपाललाई पितृशोक

0

शब्दयात्रा प्रकाशन लेखक समाजका सदस्य, ‘हिन्दूधर्मका केही आयाम’, ‘बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद’ तथा ‘असल नेता कसरी बन्ने ?’ कृतिका कृतिकार उद्धवप्रसाद नेपाललाई पितृशोक परेको छ ।
उहाँका पूजनीय पिता चक्रपाणि नेपालले गत कार्तिक १८ गते बिहान धामगमन गर्नुभएको थियो ।

डा. सीताराम अधिकारीलाई मातृशोक

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ बाट २०७० सालमा सम्मानित शिक्षासेवी प्रा. डा. सीताराम अधिकारीलाई मातृशोक परेको छ ।
उहाँकी ममतामयी माता नन्दकुमारी अधिकारी गत कार्तिक १५ गते देहमुक्त हुनुभएको थियो ।