शब्दयात्रा प्रकाशनबाट ‘लक्ष्मीभक्तको कविता’ नामक कृति प्रकाशित हुने भएको छ । लक्ष्मीभक्त अधिकारीद्वारा २००५ सालमा लेखिएको यो कृति पहिलोपटक प्रकाशन हुन लागेको हो ।
‘लक्ष्मीभक्तको कविता’ को सम्पादन कवि दुर्गाप्रसाद अधिकारीले गर्नुभएको हो । यसमा समीक्षक डा. नन्दीश अधिकारीले मन्तव्य लेख्नुभएको छ । गोपाल अधिकारीको आर्थिक सौजन्यबाट प्रकाशन हुन लागेको यस कृतिका कृतिकार लक्ष्मीभक्त अधिकारी कवि नन्दिकेश्वर अधिकारीका छोरा हुनुहुन्छ ।
स्मरणीय छ कवि नन्दिकेश्वर अधिकारीको नाउँमा शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को स्थापना गरेको छ ।