लीलादेवी गड्तौलालाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरिने
रेणुका भट्टराईलाई कर्मशीलता पुरस्कार समर्पण गरिने
कृष्णहरि मैनालीलाई काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार समर्पण गरिने
सत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरिने
डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने
लोकमान मास्केलाई सङ्खुवासभा प्रतिभा पुरस्कार समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ साहित्यकार लोकमान मास्केमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सङ्खुवासभा जिल्लाको खाँदबारीमा २००६ सालमा जन्मनुभएका उहाँले साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ । हाल साहित्यिक लेखनमा सक्रिय उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लेखिका तथा समाजसेवी लीलादेवी श्रेष्ठले यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन लोकमान मास्केप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
सुदीप अधिकारी सिर्जना सम्मानद्वारा सम्मानित
लोकेन्द्र ढकाल शिक्षक सम्मानद्वारा सम्मानित
शब्दसाधक अतिथिगृहमा बसेर लेखेको दोस्रो पुस्तक सार्वजनिक
पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको दोस्रो पुस्तक ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) लाई कृतिकार र उहाँकी नातिनी गङ्गा बस्नेतले २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
शब्दयात्रा प्रकाशन प्रकाशक बनेको यो २५४ औँ पुस्तक हो । यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको यस पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्वहरू लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि यस पुस्तकले दिएको छ ।
कुराको सास्ती सार्वजनिक
पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको पहिलो पुस्तक ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) लाई २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा कृतिकार र उहाँका नाति उमङ्गदेव थापाले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
‘कुराको सास्ती’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २५३ औँ पुस्तक हो । यसमा ३८ वटा कविता र २८ वटा मुक्तक छन् । यी कविता र मुक्तकहरूमा देशको अवस्थामाथि संवेदनशील नागरिकको चिन्ता प्रकट भएको छ । राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखापरेका अनेक प्रकारका विकृति र विसङ्गतिहरूलाई उहाँले यस सङ्ग्रहमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, विद्युत, मानवीय प्रवृत्ति आदिजस्ता विषयहरू पनि यस सङ्ग्रहभित्रका कवितामा व्यङ्ग्यका वस्तु बनेका छन् । यसमा लेख्य भाषामा भन्दा कथ्य भाषामा बढी जोड दिइएको छ । कविताहरू छोटा–छोटा छन् । मुक्तकहरू चाहिँ छ हरफका छन् ।

