Home Blog Page 167

शब्दयात्राले ‘स्वार्थी मान्छे’ निकाल्ने

0

शब्दयात्रा प्रकाशनले यस वर्ष पनि सिन्धुपाल्चोक जिल्लाका युवा साहित्यकार टेकलाल भारतीको साहित्यिक कृति प्रकाशन गर्ने भएको छ । उनको साहित्यिक कृति यस संस्थाबाट हरेक वर्ष प्रकाशन हुने गरेको छ ।
यसपटक प्रकाशन हुन लागेको कृति ‘स्वार्थी मान्छे’ नामक गजलसङ्ग्रह हो । यसमा ३६ वटा गजलहरू रहेका छन् ।

शब्दयात्राबाट ‘धनेश्वर भजनमाला’

0

शब्दयात्रा प्रकाशनले ‘धनेश्वर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन गर्न लागेको छ ।
काभ्रे बनेपाका युवा भजनकर्मी सहदीप पलान्चोकेले सङ्कलन गरेका नेपाली, नेवारी र हिन्दी भाषाका १ सय ८ वटा भजनहरूको सङ्ग्रहका रूपमा ‘धनेश्वर भजनमाला’ प्रस्तुत हुनेछ ।

‘शब्दसंवाद’ मा डा. हेमराज काफ्ले

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बासट्ठीऔँ शृङ्खलामा काठमाडौँ विश्वविद्यालयसँग आबद्ध अङ्ग्रेजी विषयका प्राध्यापनकर्मी, कवि, निबन्धकार तथा अनुवादक डा. हेमराज काफ्लेले प्रमुख वक्ताका रूपमा आफ्नो सङ्घर्षशील जीवनयात्राका विषयमा उत्प्रेरक प्रवचन गर्नुभयो ।
सरस्वती सापकोटाको प्रमुख आतिथ्य र माधवप्रसाद खतिवडाको सभापतित्वमा दामोदर घिमिरेबाट सञ्चालित उक्त कार्यक्रममा हरि मञ्जुश्री, डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, चूडाप्रसाद चौलागाईं, केदारनाथ तिमल्सिना, पुण्यवती घले, हरि प्रपन्न आचार्य, नानुदेवी कुइँकेल, पुण्य कोइराला, श्री शर्मा मूर्ख, सहदीप पलान्चोके, पुरुषोत्तम हुमागाईं, शकुन्तला बन्जारा, राजु लामा, रीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।

शब्दयात्रा प्रकाशनबाट ६ जनालाई सम्मान गर्ने निर्णय

0

शब्दयात्रा प्रकाशनले असोज महिनामा विभिन्न ६ विधाका साधकहरूलाई सम्मान समर्पण गर्ने भएको छ । हरेक वर्ष १८ विधाका विशिष्ट साधकहरूलाई सम्मान गर्ने क्रममा असोज महिनामा ६ विधामा सम्मान गर्न लागिएको हो ।
२०७५ सालका लागि गरिने सम्मानहरूमा शिक्षा सम्मानबाट शिक्षाविद् डा. विद्यानाथ कोइराला (सिन्धुली) लाई, आमसञ्चार सम्मानबाट अग्रज पत्रकार राजेश्वर नेपाली (धनुषा) लाई र स्तम्भकार सम्मानबाट आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय (काभ्रेपलाञ्चोक) लाई सम्मानित गरिने भएको छ । यसै गरी फोटो पत्रकारिता सम्मान फोटो पत्रकार वैकुण्ठकृष्ण श्रेष्ठ (भक्तपुर) लाई, साहित्यिक पत्रिका सम्मान ‘कौशिकी द्वैमासिक’ (काठमाडौँ) लाई र आध्यात्मिक पत्रकारिता सम्मान ‘रेडियो कान्तिपुर’ का पं. अच्युत सुवेदी (ललितपुर) लाई समर्पण गरिने भएको छ ।
शिक्षासेवी ध्रुवराज नेपाल संयोजक तथा सञ्चारकर्मी राजाराम कार्की र कवयित्री मीरा चापागाई पौड्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन रमेश पौड्याल (काभ्रेपलाञ्चोक), सुनील सापकोटा (मोरङ), नेपालभूमि साप्ताहिक (काभ्रेपलाञ्चोक), हरिगोपाल प्रधान (काठमाडौँ), योगेन्द्र खत्री (भोजपुर) र सुदर्शन आचार्य (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

शब्दयात्राको कार्यक्रम असोज १२ गते

0

शब्दयात्रा प्रकाशनले असोज महिनामा गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह असोज १२ गते बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ ।
अग्रज साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा मुलुकका ६ जना साधकहरूलाई सम्मान गरिनेछ भने केही पुस्तकहरूलाई सार्वजनिक गरिनेछ । उक्त दिन ‘नेपालभूमि साप्ताहिक’ ले पनि ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेषाङ्क’ प्रकाशन गर्ने भएको छ ।

‘शब्दसंवाद’ मा डा. इन्दुल केसी

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकसाठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. इन्दुल केसी प्रस्तुत हुनुभयो । २०७५ भदौ २९ गते शुक्रबार अपराह्न शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा पूर्वप्रशासक, साहित्यकार तथा वैकल्पिक चिकित्साविद् डा. इन्दुल केसीले सुस्वास्थ्यसम्बन्धी सारगर्भित र विचारोत्तेजक प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका सदस्य सञ्चारकर्मी शिव बन्जाराको सभापतित्व र कवि डा. हेमराज काफ्लेको प्रमुख आतिथ्यमा शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य कृष्णमणि कुइँकेल, ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखकद्वय जगन्नाथ गिरी र केदारनाथ तिमल्सिना, शिक्षासेवीद्वय फणीन्द्रराज अधिकारी र खड्गप्रसाद सापकोटा, चित्रकार चन्द्रमान सुवाल, समाजसेवीहरू छविलाल कुइँकेल, सहदीप पलाञ्चोके, धनराम सुवाल, हरि प्रपन्न आचार्य, कमलनयन उपाध्याय, शकुन्तला बन्जारा, त्रिरत्न रन्जितकार आदिको समुपस्थिति रहेको थियो ।

शब्दयात्रा प्रकाशन र होटल सत्यम्बीच सम्झौता

0

शब्दयात्रा प्रकाशन र होटल सत्यम्का बीचमा सम्मान कार्यक्रमको आयोजना र जानकारीमूलक सामग्रीहरूको उपलब्धतासम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार शब्दयात्रा प्रकाशनले २०७५ असोज, २०७५ माघ र २०७६ जेठ महिनामा आयोजना गर्ने सम्मान समर्पण समारोहहरू होटल सत्यम्को सभाकक्षमा आयोजना गर्नेछ भने होटल सत्यम्ले सुस्वास्थ्य, सरसफाइ, पौष्टिक आहार, खानाको गुणस्तर, खाद्य पदार्थ आदि विषयका जानकारीमूलक सामग्रीहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनेछ ।
सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट महाप्रबन्धक शारदाप्रसाद शर्मा र होटल सत्यम्का तर्फबाट अप्रेसन म्यानेजर साधुराम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

शब्दयात्राबाट ‘यथार्थता’ आउँदै

0

शब्दयात्रा प्रकाशनले कवि कृष्णहरि मैनालीको कवितासङ्ग्रह ‘यथार्थता’ प्रकाशन गर्ने भएको छ । उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भए पनि शब्दयात्रा प्रकाशनले पहिलोपटक उहाँको पुस्तक प्रकाशन गर्न लागेको हो ।
कृष्णहरि मैनालीले ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएको छ ।

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अनुसन्धान सम्मानबाट सम्मानित अनुसन्धाता प्रा. दिनेशराज पन्त भानु–भवानी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक समवेदना

0

शब्दयात्रा लेखक समाजका सदस्य आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठकी अर्धाङ्गिनी सूर्यकुमारी पलाञ्चोके श्रेष्ठ (धराधाममा आगमन ः १ साउन २००१ ÷ परमधामतर्फ प्रस्थान ः १९ भदौ २०७५) यो निस्सार संसारलाई परित्याग गरी परमधामगमन गर्नुभएको हुँदा उहाँको ईश्वरी आत्मा श्रीराजजीमा विलयन होस् भन्ने प्रार्थना गर्दै वियोगव्यथाबाट पीडित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना अभिव्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार