शब्दयात्रा प्रकाशनले यस वर्ष पनि सिन्धुपाल्चोक जिल्लाका युवा साहित्यकार टेकलाल भारतीको साहित्यिक कृति प्रकाशन गर्ने भएको छ । उनको साहित्यिक कृति यस संस्थाबाट हरेक वर्ष प्रकाशन हुने गरेको छ ।
यसपटक प्रकाशन हुन लागेको कृति ‘स्वार्थी मान्छे’ नामक गजलसङ्ग्रह हो । यसमा ३६ वटा गजलहरू रहेका छन् ।