शब्दयात्रा प्रकाशनले असोज महिनामा गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह असोज १२ गते बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ ।
अग्रज साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा मुलुकका ६ जना साधकहरूलाई सम्मान गरिनेछ भने केही पुस्तकहरूलाई सार्वजनिक गरिनेछ । उक्त दिन ‘नेपालभूमि साप्ताहिक’ ले पनि ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेषाङ्क’ प्रकाशन गर्ने भएको छ ।