Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesथप चार सम्मानको घोषणा

थप चार सम्मानको घोषणा

शब्दयात्रा प्रकाशनले २०७७ सालको पहिलो चरणमा सम्मान गर्ने ९ विधाका सम्मानहरूमध्ये बाँकी रहेका ४ विधामा सम्मान गर्ने व्यक्तित्वहरूको चयन गरेको छ । अघिल्लो साता ५ विधामा सम्मान समर्पण गर्ने व्यक्तित्वहरूको घोषणा गरिएको थियो ।
यसपटक चयन गरिएका ४ विधाका सम्मानहरूमा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मानबाट मूर्तिकार ठाकुरप्रसाद मैनाली (काभ्रे), होम–तोत्र शिक्षा सम्मानबाट शिक्षाविद् डा. मनप्रसाद वाग्ले (काठमाडौँ), हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सामाजिक अभियन्ता डा. योगेन्द्रभक्त मल्ल (काठमाडौँ) र अङ्गुरबाबा जोशी शिक्षक सम्मानबाट एसोसिएट प्रोफेसर सुश्री एक्कुमाया पुन (गुल्मी) सम्मानित हुन लाग्नुभएको छ ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन कृष्णहरि मैनाली, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो ।