Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपाँच सम्मानको घोषणा

पाँच सम्मानको घोषणा

शब्दयात्रा प्रकाशनले २०७७ सालको पहिलो चरणमा सम्मान गर्ने ९ विधाका सम्मानहरूमध्ये ५ विधामा सम्मान गर्ने व्यक्तित्वहरूको चयन गरेको छ । त्यसमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान साहित्यकार हिरण्यकुमारी पाठक (काठमाडौँ) लाई, रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान इन्जिनियर देवीप्रसाद चापागाईं (धादिङ) लाई, नन्दिकेश्वर अधिकारी शोध सम्मान ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला (रौतहट) लाई, पद्मकला–भीमप्रसाद सुवेदी स्तम्भकार सम्मान कवि पदम दाहाल (सङ्खुवासभा) लाई र भीमभक्तमानसिंह बस्नेत सिर्जना सम्मान उपन्यासकार प्रजापति तिमिल्सिना (कास्की) लाई समर्पण गर्ने निर्णय गरिएको छ ।
उक्त सम्मानहरूको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरे, समाजसेवी निर्मला श्रेष्ठ, लेखिका गीता मञ्जुश्री, प्रा. लालानाथ सुवेदी र कवि कल्याण लम्सालबाट गरिएको हो । बाँकी ४ विधामा सम्मान समर्पण गर्ने व्यक्तित्वहरूको घोषणा अर्को साता गरिनेछ ।