शब्दयात्रा प्रकाशनद्वारा संस्थापन गरिएको तथा कृष्णहरि मैनालीद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट २०७३ सालमा सम्मानित हुनुभएका अग्रज सीमाविद् बुद्धिनारायण श्रेष्ठ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको उपाध्यक्ष र शब्दयात्रा प्रकाशनका सहयोगी किरण थापा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको कोषाध्यक्ष पदमा चयन हुनुभएको छ ।
शब्दयात्रा प्रकाशन परिवार उहाँहरूलाई हार्दिकतापूर्वक बधाई ज्ञापन गर्दछ ।
शब्दयात्राबाट सम्मानित व्यक्ति ट्रान्सपरेन्सी इन्टरनेसनलमा
आध्यात्मिक प्रवचनमा सहभागिता
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री काठमाडौँ कीर्तिपुरमा अवस्थित भागवतधामको आयोजनामा हुने सत्सङ्ग कार्यक्रममा हरेक आइतबार बेलुका आध्यात्मिक प्रवचन गर्न थाल्नुभएको छ ।
भागवतधामले शब्दयात्रा प्रकाशनका तर्फबाट उहाँलाई आध्यात्मिक प्रवचन कार्यक्रममा जोडिन आग्रह गरेपछि विगत डेढ महिनादेखि उहाँले नियमित रूपमा आध्यात्मिक प्रवचन गर्न थाल्नुभएको हो ।
प्रवचन कार्यक्रममा विभिन्न सञ्चार माध्यमका आध्यात्मिक पत्रकारहरूका साथै उज्ज्वल अधिकारी, भरत जङ्गम, बाबा विश्वनाथ, भक्तिनारायण घिमिरे लगायत प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहने गरेको छ ।
‘सम्झनाका क्षणहरू’ पुस्तक सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा १ सय ४७ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित तथा शिक्षासेवी एवं लेखक चूडाप्रसाद चौलागाईंद्वारा लिखित लेख–निबन्ध–सङ्ग्रह ‘सम्झनाका क्षणहरू’ लाई सार्वजनिक गरिएको छ । यही २०७७ साल पुस २२ गते बुधबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा शिक्षासेवी तथा सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो । यो पुस्तक शब्दयात्रा प्रकाशनको वेबसाइट कथउगदष्अिबतष्यल।अयm।लउ मा पढ्न पाइन्छ ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक रहनुभएका चूडाप्रसाद चौलागाईंको यो पुस्तक उहाँको तेस्रो कृति हो ।
पुस्तक सार्वजनिक गरिएको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, आजीवन सदस्यहरू डा. इन्दुल केसी, पण्डित रमेश अधिकारी, केदारनाथ तिमल्सिना, कार्यालय व्यवस्थापक सङ्गीता केसी, दीपक तिमल्सिना, गीतिभास्कर मच्छेश्वर सापकोटा, पत्रकारहरू मोतीराम तिमल्सिना, प्रदीप केसी, ईश्वरीराजकुमार मैनाली, रोजन तामाङ, शुभराज अधिकारी, कपिल कोइराला, मधुसूदन तिमल्सिना आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्रा प्रकाशनका दाता पत्रकारलाई लीला–मध्यमार्ग सम्मान
शब्दयात्रा प्रकाशनलाई आफ्नो स्वामित्वको ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिका निःशुल्क हस्तान्तरण गर्नुभएका दाता पत्रकार रामचन्द्र हुमागाईंलाई ‘लीला–मध्यमार्ग अक्षयकोष’ ले २०७७ सालको ‘लीला–मध्यमार्ग सम्मान’ मरणोपरान्त समर्पण गरेको छ । उहाँलाई समर्पण गरिएको सम्मान उहाँका सुपुत्र राजु हुमागाईंले ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज राजनीतिकर्मी राजेन्द्र खरेललाई पनि सम्मान गरिएको थियो । उहाँको सम्मान उहाँका सुपुत्र पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले ग्रहण गर्नुभएको थियो ।
सम्मान गर्दा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्मानपत्र, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले दोसल्ला तथा लीला–मध्यमार्ग अक्षयकोषका संयोजक प्रदीप केसीले टीका, माला र उपहार समर्पण गर्नुभएको थियो ।
बनेपाको नीलकण्ठेश्वर धाममा आयोजित सम्मान कार्यक्रममा शब्दयात्रा प्रकाशनले स्थापना गरेको शब्दसाधक तीर्थमा उपस्थित भई नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिकमा माल्यार्पण गरिएको थियो ।
शब्दयात्राबाट १ सय ५० पुस्तक छापिए
शब्दयात्रा प्रकाशनबाट हालसम्म १ सय ५० वटा पुस्तक प्रकाशित भएका छन् । शब्दयात्रा प्रकाशनको स्थापना भएको १ सय १४ महिना भएकाले यस संस्थाले १ वर्षमा औसत १६ वटा पुस्तक प्रकाशन गरेको र आधारमा यो संस्था पुस्तक प्रकाशनका लागि अग्रणी संस्था बनेको देखिन्छ ।
सम्मान्य व्यक्तित्व चयन समिति गठन
शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गर्नुपर्ने विभिन्न ९ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गरी सञ्चालक समितिसमक्ष सिफारिस प्रस्तुत गर्न तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ ।
‘अक्षरधाम’ साहित्यिक पत्रिकाका सम्पादक–प्रकाशक तथा लेखिका श्रीमती रश्मि हुमागाईंको संयोजकत्वमा गठित उक्त समितिमा लेखक साधुराम गिरी र समाजसेवी वेदप्रसाद गौतम सदस्य रहनुभएको छ ।
यस समितिले सम्मान गर्नुपर्ने व्यक्ति वा संस्थाको चयन यही पुस महिनाभित्र गर्नेछ । त्यसपछि मात्र सम्मान गरिने व्यक्ति वा संस्थाको नाउँ शब्दयात्रा प्रकाशनले घोषणा गर्नेछ ।
शब्दसाधक तीर्थमा साहित्यकारहरूको अवलोकन
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थको अवलोकन गर्न नेपालका विभिन्न भागबाट साहित्यकारहरूको आगमन भइरहेको छ । कोरोना महामारी साम्य नभए पनि अक्षरसेवी र अक्षरप्रेमीहरूलाई शब्दसाधक तीर्थको भ्रमण गर्ने चाहनाले बनेपातिर डोहो¥याइरहेको छ ।
यसै क्रममा केही दिनअघि काठमाडौँबाट आई कवि रत्ननिधि रेग्मीले शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । उहाँले विभिन्न पाँच विधाका शब्दसाधकहरूको सालिक, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन गर्नुभयो । उहाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्ना एक दर्जन पुस्तक उपहारस्वरूप प्रदान गर्नुभयो । ती पुस्तकहरू पं. रमेश अधिकारीले ग्रहण गर्नुभएको थियो ।
यसै गरी झापा जिल्लाका आध्यात्मिक साहित्यकार तीर्थ उप्रेती दम्पतीले पनि केही दिनअघि बनेपामा आई शब्दसाधकहरूको सालिक, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र शब्दयात्रा स्तम्भको अवलोकन गर्नुभयो । उहाँहरूले संस्थाको सहयोगार्थ १ हजार १ सय रुपियाँ पनि उपलब्ध गराउनुभएको थियो ।
शब्दसञ्चारः माघ ०६, २०७७
- Episode 41 - Shabda Sanchar 26:21
शब्दसञ्चारः पौष २८, २०७७
- Episode 40 – Shabda Sanchar 27:52
शब्दसञ्चारः पौष २१, २०७७
- Episode 39 – Shabda Sanchar 29:22

