शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री काठमाडौँ कीर्तिपुरमा अवस्थित भागवतधामको आयोजनामा हुने सत्सङ्ग कार्यक्रममा हरेक आइतबार बेलुका आध्यात्मिक प्रवचन गर्न थाल्नुभएको छ ।
भागवतधामले शब्दयात्रा प्रकाशनका तर्फबाट उहाँलाई आध्यात्मिक प्रवचन कार्यक्रममा जोडिन आग्रह गरेपछि विगत डेढ महिनादेखि उहाँले नियमित रूपमा आध्यात्मिक प्रवचन गर्न थाल्नुभएको हो ।
प्रवचन कार्यक्रममा विभिन्न सञ्चार माध्यमका आध्यात्मिक पत्रकारहरूका साथै उज्ज्वल अधिकारी, भरत जङ्गम, बाबा विश्वनाथ, भक्तिनारायण घिमिरे लगायत प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहने गरेको छ ।