Home Blog Page 126

शब्दसञ्चारः फागुन २५, २०७७

0
  1. Episode 48 – Shabda Sanchar 30:32

हरि मञ्जुश्रीलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई सुभाष स्मृति प्रतिष्ठानले आगामी चैत महिनामा आयोजना गर्ने वार्षिकोत्सवमा सम्मान गर्ने भएको छ । नेपाली समाजमा आध्यात्मिक जागरण गराउन उहाँले खेल्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दैै उहाँलाई सम्मान गर्न लागिएको कुरा प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ । वार्षिकोत्सवमा हरि मञ्जुश्रीका साथमा आध्यात्मिक जागरणका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिने जानकारी गराइएको छ ।

शब्दयात्राको सम्मान कार्यक्रम २२ गते

0

शब्दयात्रा प्रकाशनले २०७७ सालमा समर्पण गर्नुपर्ने सम्मानहरू यही फागुन २२ गते बनेपा पुरानो तरकारी बजारको नमोबुद्ध ब्यान्क्वेटमा विशेष समारोहको आयोजना गरी समर्पण गरिने भएको छ । समारोहमा तुलसी दिवस, यादव खरेल, ठाकुरप्रसाद मैनाली, डा. जगमान गुरुङ, हिरण्यकुमारी पाठक, डा. मनप्रसाद वाग्ले, दधिराज सुवेदी, डा. योगी विकासानन्द, डा. अरुणा उप्रेती, प्रमोद प्रधान, देवीप्रसाद चापागाई., डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ, जीवनचन्द्र कोइराला, एक्कुमाया पुन, पदम दाहाल, प्रजापति तिमिल्सिना, प्रकाश मास्के र नवमाधुरी साहित्यिक पत्रिकालाई सम्मान गरिनेछ । यस वर्ष जेठ र मङ्सिर महिनामा गर्नुपर्ने समारोह कोरोनाका कारणले स्थगित भएका थिए ।

शब्दयात्राबाट दुई पुस्तक सार्वजनिक गरिने

0

शब्दयात्रा प्रकाशनबाट प्रकाशित पछिल्ला दुई पुस्तक यही फागुन २२ गते सार्वजनिक गरिने भएका छन् । तीमध्ये किरण त्रिपाठी पन्तद्वारा लिखित ‘कुँडिएका मनहरू’ नामक कवितासङ्ग्रह र नवीना श्रेष्ठद्वारा लिखित ‘शङ्मूल माहात्म्य र कुम्भेश्वर महादेव’ नामक अनुसन्धानमूलक पुस्तक शब्दयात्रा प्रकाशनका १ सय ५१ औँ र १ सय ५२ औँ प्रकाशनपुष्प हुन् । दुवै पुस्तकको मूल्य एक–एक सय रुपियाँ राखिएको छ ।

स्वस्थानी कथामाथिको प्रवचन भिडिओमा

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वस्थानी कथाका विषयमा भक्तपुरमा दिनुभएको प्रवचनलाई पत्रकार दीपक भेटवालले छायाङ्कन गरी भिडिओ बनाउनुभएको छ । उक्त भिडिओ शब्दयात्रा प्रकाशनको वेबसाइट www.sypublication.com.np, दीपक भेटवालको फेसबुक र यु–ट्युबबाट सुन्न सकिनेछ ।

शब्दसञ्चारः फागुन १८, २०७७

0
  1. Episode 47 – Shabda Sanchar 29:23

स्वस्थानीका विषयमा अन्तर्क्रिया

0
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र कुतः प्रकाशन भक्तपुरको संयुक्त आयोजनामा ‘श्रीस्वस्थानी व्रतकथा’ पुस्तकका बारेमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा नवीना श्रेष्ठद्वारा सम्पादित र अनूदित श्रीस्वस्थानी व्रतकथा र कुतः प्रकाशनद्वारा प्रकाशित तथा पशुपतिमान पःमाँद्वारा लिखित र सम्पादित श्रीस्वस्थानी बाखँका विषयमा अन्तक्र्रिया गरिएको थियो ।
तिलकप्रकाश कायस्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वस्थानी व्रतकथाका विषयमा प्रवचन गर्नुभएको थियो । कुतः प्रकाशनका अध्यक्ष विमल ताम्राकार, सम्पादकद्वय नवीना श्रेष्ठ र पशुपतिमान पःमाँ, लेखकद्वय महेन्द्रगोपाल कर्माचार्य, अगिब बनेपाली आदिले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसीले स्वागत भाषण, रजनी केसीले उद्घोषण, पं. रमेश अधिकारीले नेपाली भाषाको कथावाचन र विक्रम देउबन्जारले नेवारी भाषाको कथावाचन गर्नुभएको थियो ।

शब्दसञ्चारः फागुन ११, २०७७

0
  1. Episode 46 – Shabda Sanchar 31:13

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापन गरिएर सुनील सापकोटाले आर्थिक व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७४ सालमा सम्मानित अग्रज पत्रकार होमनाथ दाहाललाई १ लाख रुपियाँ राशीको राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।

शब्दसाधक तीर्थको भ्रमण

0

शब्दयात्रा प्रकाशनले बनेपामा निर्माण गरेको शब्दसाधक तीर्थको अवलोकन गर्नका लागि नीलकण्ठेश्वर धामको भ्रमण गर्न आउने वाङ्मयसेवीहरूको सङ्ख्या बढ्दै गएको छ । प्राध्यापक, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सिक र इन्जिनियरहरूले शब्दसाधक तीर्थको अवलोकन गर्न थालेका छन् ।
यसै क्रममा पछिल्लोपटक नरदेवी आयुर्वेदिक अस्पतालमा कार्यरत आयुर्वेदिक चिकित्सक छत्रपति दाहालले पनि शब्दसाधक तीर्थको भ्रमण गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो ।
त्यस बखत डाक्टर छत्रपति दाहालले पाँचजना शब्दसाधकको सालिक, शब्दयात्रा स्तम्भ, शब्दयात्रा पुस्तकालय र शब्दयात्रा शारदा मन्दिरका साथै नीलकण्ठेश्वर महादेवको मन्दिर, कुण्ड, शेषशायी विष्णु, हनुमान आदिको पनि दर्शन गर्नुभएको थियो । उहाँलाई शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूका विषयमा पनि जानकारी गराइएको थियो ।