शब्दयात्रा प्रकाशनले २०७७ सालमा समर्पण गर्नुपर्ने सम्मानहरू यही फागुन २२ गते बनेपा पुरानो तरकारी बजारको नमोबुद्ध ब्यान्क्वेटमा विशेष समारोहको आयोजना गरी समर्पण गरिने भएको छ । समारोहमा तुलसी दिवस, यादव खरेल, ठाकुरप्रसाद मैनाली, डा. जगमान गुरुङ, हिरण्यकुमारी पाठक, डा. मनप्रसाद वाग्ले, दधिराज सुवेदी, डा. योगी विकासानन्द, डा. अरुणा उप्रेती, प्रमोद प्रधान, देवीप्रसाद चापागाई., डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ, जीवनचन्द्र कोइराला, एक्कुमाया पुन, पदम दाहाल, प्रजापति तिमिल्सिना, प्रकाश मास्के र नवमाधुरी साहित्यिक पत्रिकालाई सम्मान गरिनेछ । यस वर्ष जेठ र मङ्सिर महिनामा गर्नुपर्ने समारोह कोरोनाका कारणले स्थगित भएका थिए ।