शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र कुतः प्रकाशन भक्तपुरको संयुक्त आयोजनामा ‘श्रीस्वस्थानी व्रतकथा’ पुस्तकका बारेमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा नवीना श्रेष्ठद्वारा सम्पादित र अनूदित श्रीस्वस्थानी व्रतकथा र कुतः प्रकाशनद्वारा प्रकाशित तथा पशुपतिमान पःमाँद्वारा लिखित र सम्पादित श्रीस्वस्थानी बाखँका विषयमा अन्तक्र्रिया गरिएको थियो ।
तिलकप्रकाश कायस्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वस्थानी व्रतकथाका विषयमा प्रवचन गर्नुभएको थियो । कुतः प्रकाशनका अध्यक्ष विमल ताम्राकार, सम्पादकद्वय नवीना श्रेष्ठ र पशुपतिमान पःमाँ, लेखकद्वय महेन्द्रगोपाल कर्माचार्य, अगिब बनेपाली आदिले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसीले स्वागत भाषण, रजनी केसीले उद्घोषण, पं. रमेश अधिकारीले नेपाली भाषाको कथावाचन र विक्रम देउबन्जारले नेवारी भाषाको कथावाचन गर्नुभएको थियो ।