Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesसम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न

शब्दयात्रा प्रकाशनले २०८२ सालको दोस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । समारोहमा आठ विधामा सम्मान समर्पण र चारवटा पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सल्लाहकार सावित्री जङ्गम थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने समारोहको सञ्चालन कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तले र समापन अग्रज पत्रकार बलदेव थापाले गर्नुभएको थियो ।
समारोहको समुद्घाटन लीलादेवी श्रेष्ठले, छायाङ्कन तथा स्वराङ्कन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण केदारनाथ तिमल्सिनाले, सम्मान सामग्रीको व्यवस्थापन अमृत अधिकारीले, कविता वाचन गोविन्दबहादुर खड्काले र विविध कार्यमा सहयोग कार्यालय व्यवस्थापक सङ्गीता केसीले गर्नुभएको थियो ।
चयन समितिका संयोजक चन्द्रबहादुर खड्का तथा सदस्यहरू शिव बन्जारा र कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य सहदीप पलाञ्चोकेले उपहार समर्पण गर्नुभएको उक्त समारोहमा प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, आध्यात्मिक लेखक दुर्गाप्रसाद अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरिएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व टी. पी. शर्मा तिमिल्सिनाको निधनमा उहाँको आत्मशान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो ।