Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications२५९. बसिबियाँलोका क्षणहरू

२५९. बसिबियाँलोका क्षणहरू

‘बसिबियाँलोका क्षणहरू’ नामक कवितासङ्ग्रहका लेखक कृष्ण कार्की हुनुहुन्छ । यस सङ्ग्रहमा मानवको आध्यात्मिक चिन्तन र गतिविधिलाई उजागर गर्ने प्रयत्न गर्नुका साथै मानव जातिको उत्थान र उत्सुकताले प्रेरणा देओस् भन्ने कामना गरिएको छ । कवितामा छन्द, वर्ण, लय मिलाउने मात्र नगरी स्वतन्त्रता र स्वच्छन्दतामा लेख्ने पाश्चात्य परम्परा अँगालिएको छ । मानव–मानव सम्बन्ध र विचारलाई मनन गरी मनमा लागेका कुराहरू व्यक्त गर्ने क्रममा कविले यसमा आफ्नो मनमा लागेका कुरा लेख्नुभएको छ । जम्मा ११२ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपियाँ राखिएको छ ।