Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivities‘दुई थुँगा फूल’ माथि परिचर्चा कार्यक्रम सम्पन्न

‘दुई थुँगा फूल’ माथि परिचर्चा कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनले ‘दुई थुँगा फूल’ नामक कृतिमाथि विभिन्न महानुभावहरूले समीक्षा गर्नुभएको ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । यही जेठ २३ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा साहित्यकार प्रा. डा. सावित्री श्रेष्ठ, नियात्राकार रत्नकुमार श्रेष्ठ, कवि पदम दाहाल, आध्यात्मिक लेखक लोकेन्द्र ढकाल, कवयित्री कालिका त्रिपाठी पन्त र पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले ‘दुई थुँगा फूल’ कृतिमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा उक्त कृतिका सम्पादक इ. रोशन मञ्जुश्री अधिकारीले पुस्तक सम्पादन गर्दाको अनुभव बताउनुभयो भने कृतिनायक डा. इन्दुल केसीले आफू कृतिनायक बनेको कृतिका विषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेकोमा शब्दयात्रा प्रकाशनप्रति र परिचर्चा कार्यक्रममा उपस्थित भई समीक्षात्मक मन्तव्य व्यक्त गरिदिने महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो । पत्रकार प्रदीप केसीले कार्यक्रमको समीक्षा गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । ‘दुई थुँगा फूल’ त्यही शीर्षकमा डा. सत्यमोहन जोशीले डा. इन्दुल केसीका विषयमा लेख्नुभएको कवितालाई विभिन्न तीस भाषामा अनुवाद गरेर इ. रोशन मञ्जुश्री अधिकारीको सम्पादनमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिएको कृति हो ।