Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesचरासम्बन्धी पहिलो महाकाव्य सार्वजनिक

चरासम्बन्धी पहिलो महाकाव्य सार्वजनिक

आधा शताब्दीसम्म पत्रकारिता गरेका अग्रज पत्रकार तथा साहित्यकार बलदेव थापाद्वारा लिखित ‘काग–कोइली’ महाकाव्य हिजो जेठ २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । कृतिकारकी छोरी उषा थापा र बुहारी सृजना थापाले उक्त महाकाव्यलाई सार्वजनिक गर्नुभएको हो । ‘काग–कोइली’ बलदेव थापाको चौथो पुस्तक हो । यस महाकाव्यमा काग र कोइली मुख्य पात्र छन् । चरालाई महाकाव्यको पात्र बनाएर चराहरूको चिनारी र विशेषताको जानकारी दिने पहिलो महाकाव्य नै यही हो र बलदेव थापा महाकाव्यमा पात्रपात्राका रूपमा चराचुरुङ्गीलाई प्रवेश गराउने पहिलो नेपाली महाकाव्यकार बन्नुभएको छ । यो महाकाव्य ११ सर्गमा विभक्त छ र बोलीचालीको भाषाको संवादात्मक शैलीमा लेखिएको छ । यसमा साहित्यकार तथा साहित्यिक पत्रकार राधेश्याम लेकालीको मन्तव्य रहेको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यस पुस्तकको मूल्य ४ सय रुपियाँ राखिएको छ ।