Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
Homepublications२७६. काग–कोइली

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक हो । यसअघि उहाँका ‘कुराको सास्ती’, ‘बा’को वाम’ र ‘मतिपुराण’ प्रकाशनमा आइसकेका छन् । उहाँका सबै पुस्तकको प्रकाशन गर्ने श्रेय शब्दयात्रा प्रकाशनले पाएको छ । उहाँको चौथो पुस्तक ‘काग–कोइली’ नामक महाकाव्य पनि शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुँदैछ । यस महाकाव्यमा काग र कोइली मुख्य पात्र छन् र नेपालमा पाइने विभिन्न चराहरू सहायक पात्र बनेका छन् । चरालाई महाकाव्यको पात्र बनाएर चराहरूको चिनारी र विशेषताको जानकारी दिने पहिलो महाकाव्य नै यही हो र बलदेव थापा महाकाव्यमा चराचुरुङ्गीलाई प्रवेश गराउने पहिलो महाकाव्यकार बन्नुभएको छ । यो महाकाव्य ११ चरण (सर्ग) मा विभक्त छ र बोलीचालीको भाषाको संवादात्मक शैलीमा लेखिएको छ ।