Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
Homepublications२७७. युगपुरुष महाकाव्यको अध्ययन

२७७. युगपुरुष महाकाव्यको अध्ययन

सिर्जना खनालले भरत जङ्गमको जीवनगाथालाई आधारभूमि बनाएर लेख्नुभएको ‘युगपुरुष’ महाकाव्यको अध्ययन गर्ने क्रममा यस महाकाव्यको शल्यक्रिया गर्दागर्दै दीनबन्धु अर्यालले ‘युगपुरुष महाकाव्यको अध्ययन’ नामक पुस्तक नै तयार पार्नुभएको कुरा स्पष्ट देखिन्छ । यो पुस्तक दीनबन्धु अर्यालको गद्यलेखन र समीक्षात्मक सीपको उदाहरण त हुँदै हो, सिर्जना खनालको काव्यलेखनको गुणवत्ताका विषयमा दिइएको चिनारी र भरत जङ्गमको बहुआयामिक व्यक्तित्वको विशिष्टताद्वारा प्रकाशित वाङ्मयिक आलोक पनि हो ।